Logo

दाङमा दलहरुको रस्साकस्सी : पार्टिका केन्द्रिय नेताहरु दाङमा



शरद रेग्मी : दाङमा चुनावि रस्साकस्सी चलेको छ । सवै दलहरुले जित्ने दाविका साथ चुनावि लडाईमा होमिएका दलहरुले मतदातालाई आफनो प्रभावमा पार्नका लागी सवै खाले कार्यक्रम हरु गरेका छन । बिशाल मास सहितको घरदैलो तथा युवाहरुका मोटरसाईकल ¥यालि समेत गरेका छन । आज जिल्लाका सवै स्थानिय तहहरुमा दलहरुले आफनो अन्तिम चुनाव प्रचार प्रसार अन्र्तगत शक्ति प्रर्दशन गरेका छन ।

यता जिल्लाको केन्द्र बिन्दको रुपमा रहेको तुलसीपुर उपमहानगर पालिकामा नेपाली काग्रेसले बिशाल ¥यालि सहितको घरदैलो कार्यक्रम गरेको छ। वडा नम्वर ५ को आयोजनामा भएको घरदैलोमा सयौ नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सो अवसरमा मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी , उपमेयर पदका उम्मेदवार देविका नेपाली सहित वडा नम्वर ५ का अध्यक्ष पदका उम्मेदवार बिरेन्द्र शाह सहित सदस्यहरु सहभागि रहनु भएको थियो ।

सो अवसरमा मेयर पदका उम्मेदवार गिरीले तुलसीपुर बजार सहित समग्र उपमहानगर पालिकाको बिकास र समृद्धिका लागी काग्रेसलाई मतादान गर्न आम बजार वासिहरु लाई आग्रह गर्नुभएको थियो । त्यसैगरि उहाँले उपमहानगरको बिकासका लागी  काग्रेसलाई सवैभन्दा धेरै चिन्ता र चासो रहेको भन्दै काग्रेसको चुनाव चिन्ह रुखमा मतदात गरि बिजयी गराउन आग्रह गर्नुभएको हो ।

यसैबिच गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले मुलुकको परीवर्तनमा माओबादि केन्द्रको योगदान महत्वपुर्ण रहेको बताउनु भएको छ । आज तुलसीपुरमा भएको चुनावि सभालाई सम्वोधन गर्दै शर्माले देशमा नयाँ संबिधान देखि सवै परवर्तन माआबादि केन्द्रकै नेत्रृत्वमा भएको जिकिर गर्नुभयो । उहाँले अलग अलग पृष्ठ भुमि वोकेका दलहरुलाई एकै स्थानमा ल्याएर सहमतिका साथ नयाँ
संबिधान जारि गरेको भन्दै अवको लक्ष्य भनेको समृद्धिको भएको उहाँले जोड दिनुभयो ।

माओवादिले अव देशमा समृद्धिका लागी काम गर्ने भन्दै दाङको बिकासका लागी प्रतिवद्ध रहेको बताउनु भयो । साथै गृहमन्त्रि शर्माले दाङलाई प्रदेशको केन्द्र बनाउने कुरा सवै भन्दा पहिले आफुले भनेको भन्दै त्यसलाई कसैले रोक्न नसक्ने बताउनु भयो ।

यसैबिच मन्त्रि शर्माले शान्ति सुरक्षा सुदृढ बनाइएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन र मतदान गर्न मतदाताहरुलाई आहृवान समेत गर्नुभयो ।

आज आइतबार बिहान दाङको राप्ती गाउँपालिका १ मा आयोजित कार्यक्रममा शर्माले सो कुरा बताउनुभएको हो । माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री शर्मा बिभिन्न चुनावी सभामा सहभागी हुन आइतबार दाङ आइपुग्नुभएको छ ।

उहाको पहिलो सभा लालमटियाबाट सुरु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले माओवादी उम्मेदवारहरु विजयी भएमा शासक नभई जनताको कामदारको रुपमा काम गर्ने बताउनुभयो । उहाले जनयुद्धकालमा आफूहरुलाई जनताले खाना खुवाएर र प्रहरी प्रशासनबाट जोगाएर राखेको स्मरण गर्दै मन्त्री शर्माले अहिले आफूहरुले जनतालाई अधिकार सम्पन्न गराएर गुन तिरेको टिप्पणी गर्नुभयो ।

माओवादीकै पहलमा जारी भएको संविधानमा २२ वटा मौलिक अधिकार उल्लेख भएको भन्दै उहाले त्याग र बलिदानबाट प्राप्त ति अधिकारहरुलाई चुनावमार्फत कार्यान्वयन गर्दै अघि बढ्ने बताउनुभयो । देश २० वर्षदेखि माओवादीको एजेण्डामा अघि बढेको भन्दै उहाले आफूहरुले जनता र राष्ट्रलाई कहिल्यै धोका नदिएको दाबी गर्नुभयो ।

यसैबिच नेकपा एमालेका स्थायी कमिटी सदस्यशंकर पाखरेलले दाङलाई प्रादेशिक राजधानी बनाउन एमाले प्रतिवद्ध रहेको बताउनुभएको छ । नेकपाएमाले तुलसीपुर उपमहानगर पालिका चुनाव परिचालन कमिटीले आज गरेको पत्रकार भेटघाट कार्यक्रमा बोल्दै नेता पोखरेलले यस्तो बताउनु भएको हो ।

काँग्रेस र माओवादीले दाङमा प्रादेशिक राजधानी बनाउन एमाले चासो नदेखाएको भनेर गलत हल्ला फिजाएको भन्दै उहाँले दाङलाई राजधानी बनाउन एमाले दृढ रहेको दाबी गर्नुभयो । उहाँले कुनै एउटा पार्टीले मात्रै चाहेर दाङ  राजधानी बन्न नसक्ने भन्दै एक पार्टीले अर्को पार्टीको खिलापमा बोल्नु भन्दा सबै मिलेर दाङलाई राजधानी बनाउन सर्वदलीय संयन्त्र बनाएर दवाब
दिनुपर्ने बताउनुभयो ।

प्रादेशिक राजधानीका बिषयमा काँग्रेस र माओवादीले एमाले बिरुद्ध अनर्गल प्रचार गरेर दलहरुबीच बैमनस्यता पैदा गरेको बताउनुभयो । उहाँले प्रदेश नम्बर पाँचको उच्च अदालत तुलसीपुरमा एमालेको पहलमा स्थापना भएको दाबीगर्दै सत्तासीन दलहरुलाई दाङलाई अस्थायी प्रादेशिक राजधानी तोक्न आग्रह गर्नुभयो । ‘एमालेले सरकारको अधिकार प्रयोग गरेर तुलसीपुरमा उच्च अदालत स्थापना ग¥यो ।’उहाँले भन्नुभयो,‘प्रदेशको अस्थायी राजधानी तोक्ने अधिकार सरकारलाई छ ।

पाँच नम्बर प्रदेशको राजधानी सरकारले दाङलाई तोक्नुपर्छ ।’उहाँले बुटवलका नेताले राजधानी बुटवलमा हुनुपर्छ भन्नु सामान्य भएको भन्दै दाङलाई राजधानी बनाउन सबै पार्टीका नेताहरु एकजुट भएर लाग्नुपर्ने र त्यसको नेतृत्वगर्न आफू तयार भएको नेता पोखरेलले बताउनुभयो । एमालेले लिने हरेक अडान राष्ट्रवादी भएकाले जनताएमालेको पक्षमा देखिएको उहाँको भनाई छ ।
कार्यक्रममा एमालेका मेयरका उमेद्वार घनश्याम पाण्डेले एमालेले चुनाव जिते तुलसीपुरलाई देशकै नमुना उपमहानगरपालिका बनाउने दाबी गर्नुभयो ।

तुलसीपुरको बिकास लोकतन्त्रको रक्षाका लागिएमालेको जितअनिवार्य रहेको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्