Logo

ओखलढुङ्गा चम्पादेवी १० मा कांग्रेसका उज्जन बुढाथोकी विजयी



ओखलढुङ्गा,  १६ असार । ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउपालिका १० मा नेपाली कांग्रेसका उम्मेद्वार उज्जन बुढाथोकीको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा विजयी उनले ३८६ मत गरेका हुन ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेद्वार उत्तम कार्कीले २७४ मत प्राप्त गरे भने माओवादी केन्द्रका रामहरी थापाले २११ मत प्राप्त गरेका छ्न । कुल १२३७ मतदाता रहेको वडामा ९०६ मत खसेको थियो भने २१ मत वदर भएको थियो ।

गाउँपालिकामा पनी नेपाली काग्रेसले नै अग्रता लिइरहेको छ । विजय पश्चात उनले मतदाता ,पार्टीका नेता कार्यकर्ता र सहयोगि सवैलाई धन्यवाद व्यक्त गर्दै ईमानदारिता र कुशलतापुर्वक सेवा गरी बिश्वासमा चोट नपुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन ।

२५ वर्षे वुढाथोकीले त्रिभुवन विश्व विद्यालयवाट अग्रेजीमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन ।नेपाली, अग्रेजी ,चाइनिज , हिन्दी , नेवारी भाषामा राम्रो दख्खल राख्ने वुढाथोकी नेपाल विद्यार्थी संघ ओखलढुङ्गाका उपसभापती समेत हुन ।



प्रतिक्रिया दिनुहोस्