Logo

रातेकाइँला अब ओस्कार जित्न चाहन्छ : सुनिल थापा–अभिनेता



चर्चित कलाकार सुनिल थापा अहिले कलिउड र बलिउड दुवैमा उतिकै प्रसिद्ध छन् । उनले बलिउडमा मेरी कोममा अभिनय गरेपछि उनको चर्चाको चुलीले गगन चुमेको छ । उनको पछिल्लो समयमा उनका क्रियाकलाप र भावि योजनाका बारेमा पत्रकार ऋषि धमलाले थापासँग गरेको कुराकानिको सम्पादित अंश :

नेपाली चलचित्रमा कहाँ अडिनु भएको छ ?

हजुरलाई पनि थाहा छ । अरु सबैलाई थाहा छ । म कहाँ छु भनेर ? चलचित्र धेरै परिवर्तन छ । पहिलेभन्दा अहिले डिजिटल फर्मेटले वान टेक मै कथालाई उतार्ने कोसिस गरिन्छ । यो बिचित्र छ । कलाको मुल मर्म यो होईन । म आश्चर्यचकित छु ।

तपाई नेपालमा मात्रै नभएर भारतमा पनि प्रख्याँत हुनुहुन्छ, के छ त्यस्तो तपाईमा कला ?

हो । म साँच्चै कला र अभिनयमा विश्वास गर्छु । कुनैबेला सुपरडुपर फिल्म थियो, चिनो भन्ने । म नेपाली कलाकार भएर ओस्कारमा जाने ईच्छा छ । त्यो यति चल्यो कुरै छोडौँ, मलाई नेपाली पारखीहरूले बिर्से रातेकाँईला भनेर चिने ।

रातेकाँईला भनेर मात्रै किन चिन्छन् सुनिल थापालाई ?

रातेकाँईलालाई नेपाली दर्शकले बिर्से भने सुनिल थापा ईज फिनिस्ड । मेरा धेरै चलचित्रमा सुनिल थापा होईन रातेकाँईला भनेर चिनेका छन् ।

अर्को कुनै गरिमाले सुनिल थापालाई चिन्न पाउँदैनन् ?

भर्खरैं मैले धुर्मुस भान्जाको एउटा टेलिसिरियलमा बनढाडेको रोलमा खेलें । स्कुलका नानीले समेत बनढाडे भनेर बोलाउन थाले त्यो पनि मेरो परिचय हो नि ।

उसो भए तपाईको परिचय रातेकाँईला मात्रै होईन ?

होईन । यो हिन्दी फिल्म ‘मेरीकोम’ आईसकेपछि मलाई गुरु भन्न थालिसके। रातेकाँईला गुण्डाको रोल थियो । मैले गुरुको रोल खेलिसकेपछि मलाई गुरुका हिसावले चिन्न थालिसकेका छन् ।
तपाईलाई गुण्डाको रोल सुहाउने रहेछ कि गुरुको ?

मलाई दुई वटै सुहाउँछ । म त्यही कारण हिरोको कुनै रोलमा मैले खेलिन । मलाई गुण्डाको रोलमा दर्शकले रुचाईदिए म त्यसैमा सन्तुष्ट छु ।

गुण्डा भनेको त नराम्रो होईन र ?

त्यो पर्दामा मात्रै हो । रियलमा त म पनि धेरै राम्रो मान्छे हुँ ।

त्यसलाई नेपाली समाजले मन पराउदैन नि ?

मन पराउने भन्दापनि त्यसको भित्री रहस्य प्रमुख कुरा हो । मलाई कतै देखे भने उ गुण्डा आयो भनेर भन्छन् । तर डराउँदैनन् । सुनिल थापा भन्छन् । रातेकाँईला भनेर भन्छन् । सुनिल थापा बाटोमा भेट्दा लुक्दैन । हातहातमा मोबाईल छ । फोटो खिच्छन् ।

पर्दा र जनताकोबीचमा जाँदा सुनिल थापामा कुनै फरक छैन् ?

धर्ती आसमानको फरक छ ।

तपाई यति सहज मानिस गुण्डामा खेल्दा कुनै हिनताबोध हुँदैन ?

पात्रको रुपमा काम गर्नु र रियल लाईफको जीवन फरक हुन्छ। गलत हुँदैन ।

नकारात्मक सन्देश पनि जान्छ नि ?

जाँदैन । केही सन्देश जान्छ ।

अबको लक्ष्य के हो ?

कि त नेपालीमा राम्रो चलचित्र निर्माण गरेर हलिउडभन्दा राम्रो ईतिहाँस रच्ने हो। हलिउडमा जाने हो ।

त्यो सम्भव छ त ?

सम्भव छ । जीवनमा कुनैपनि कुरा असम्भव छैन् । सबैथोक सम्भव छ ।

नेपालले यस्तो चलचित्र निर्माण गर्नसक्छ ?

सक्छ । के थाह तपाईको पनि रोल हुन सक्छ । तपाईले पत्रकारितामा कति वर्ष बिताउनु भयो ?

२५ वर्ष

२५ वर्ष यस क्षेत्रमा बिताउनु भयो । यस्तो टेलिभिजन सो चलाउन थालेको पनि धेरै भयो । पोखरामा भेट हुँदा मैले भनेको थिए । चलचित्र जगतमा राजेश हमाल महानायक भए जस्तै पत्रकारितामा ऋषि धमला महनायक हुन् भनेको थियो । हलिउडमा जान सम्भव छ ।

पुरस्कार जित्न सक्छ भन्ने आशय हो नि मेरो त ?

सक्छ नि ।

त्यो किसिमको प्रविधि छ हाम्रो नेपालमा ?
छ । किन नहुनु ।

कलाकार पनि छन् ?

धेरै राम्रो कलाकार छन् । बलिउडभन्दा राम्रा कलाकार हाम्रो देशमा छन् । डिजिटल प्रविधिले बनाएको र रियल अभिनयमा धेरै फरक छ । हामी नेपाली कलाकार जीवन्त अभिनय गर्न सक्छौँ। हामीसँग अर्गानिक कला र अभिनय छ । अरुसँग किन तुलना गर्ने ।

त्यस्ता कलाकार बाहिर आउन सकेनन नि ?

चान्स नपाएर हो । २८ वर्षपछि मेरीकोममा मैले भूमिका पाएँ । त्यसको लागि कुनै प्रयास गर्नुपरेन । मेरीकोम खेलिसकेपछि फरक परिचय बन्यो । त्यसमा मेरो कडा गुरुको रोल थियो । गेटअप राम्रो थियो। मैले नयाँ चलचित्र बनाएको छु । साँढे सात ।

कहिले प्रदर्शन हुन्छ ?

मंसिर १५ गते मिति फिक्स गरेका छौ।

कलाकारहरु को–को हुनुहुन्छ ?

सत्यराज आचार्य, स्वरुपराज आचार्य, नरेशदेव पन्त, सन्तोस सुवेदी, सानदेन भुटिया, मेनुका प्रधान, सुनिल थापा ।

चलचित्रको मुख्य भूमिकामा को को हुनुहुन्छ ?

सत्यराज नायकको भूमिकामा छ । मेनुका प्रधान नायिकाको रोलमा छिन् ।

तपाईको कुनै भूमिका छैन् ?

निर्देशकले एउटा रोल खेल्नुस् भनेपछि सानो रोल खेलेको छु । मैले बनाएको चलचित्रमा मेरो अभिनय हुनुपर्छ भन्नेमा म छैन् । अरु केही कलाकर्मीले आफै लगानी गर्ने आँफै खेल्ने गर्नुभएको पनि छ । त्यो आश्चर्य मान्नुपर्ने विषय पनि होईन । बच्चादेखिनै रुचि हुनसक्छ । चलचित्र राम्रो बनेन भने त्यसबाट उम्किनको लागि पात्रलाई देखाउने अवस्था हुन्छ । आफन्त वा कोहीलाई घुसाउन थालियो भने ।

तपाईलाई त्यस्तो आग्रह आएन ?

छैन् । मलाई कुनै यस्ता कुरा सोच्ने फुर्सद छैन् ।

प्रियंका चोपडासँग सम्बन्ध राम्रो छ नि ?

राम्रो छ ।

अहिलेपनि कुराकानी हुन्छ ?

हुन्छ । किन नहुनु नि ? उहाँ काममा एकदम प्रयासरत गर्ने हिरोइन हुन । निक्कै मेहनति हुन् । समयमा उपस्थित हुने हिरोईन हुन ।

बलिउडका कलाकारले सुनिल थापालाई कसरी चिन्छन् ?

पहिले थापा भनेर मात्रै चिन्थे । मेरिकोम खेलिसकेपछि । थापा सर भनेर चिन्छन् । थापा सर भन्दाखेरि कता कता बुढो भएँ कि जस्तो लाग्छ । तर मन बुढो भएको छैन् ।

अबको लक्ष्य के हो ?

भन्न सकिन्न । रहिन्छ होला । म नियमित व्यायाम गर्छु । स्फुर्ति बढेको छ । काम गरिरहेकै छ्ु । रामदेव बाबाजस्तै स्लिम हुन्छु कि । स्लिम हुन्छु, चिलिम होईन ।

तपाईका अरु योजनाहरु के–के छन?

तत्काल शेबहादुर नामक चलचित्र बन्दैछ । त्यसको टाईटल रोलमा आउनेछु ।

उसो भए हाम्रो देशको प्रधानमन्त्री शेरबहादुर देउवाको रोलमा तपाईलाई देख्न पाईने भयो ?

होईन। आर्मीबाट रिटायर्ड भएको सिपाहीको नाम हो । सबैले प्रधानमन्त्री हो भन्ने बुभ्mछन् । प्रधानमन्त्रीलाई सम्बोधन गर्दा शेरबहादुर देउवा ज्यू भनेर गरिन्छ । मैले भनेको छु शेरबहादुर यसैले फरक छ ।

तपाई राजनीतिकमा नआउँने ?

नआउने । म नेता बन्दिन् ।

आजको दिनमा तपाईलाई नेता भएर काम गरेको हेर्नेहरु पनि त छन् नि ?

होईन । म आउँदिन । अमिताभ बच्चनको स्थिति पनि हामीलाई थाहा छ । अभिनेता नेता हुन सक्दैन। सत्रुधन सिन्हा एक जना मात्रै सफल हुनु भएको व्यक्ति हो । तर पछिल्लो समयमा उहाँको पार्टीमा कुनै भूमिका छैन् । मलाई त हेर्नुहोस्, समाजलाई अभिनेता भएर सन्देश दिनुपर्छ भन्ने लाग्छ ।

उसो भए तपाईलाई देशको मन्त्री तथा प्रधानमन्त्री भएर काम गर्न अहिले मन छैन् ?

छैन् । यदि म त्यो भएँ भने सबैभन्दा पहिले तपाईले नै गालि गर्नुहुन्छ । ए सुनिलजी तपाईले के गर्नु भएको यो ? भनेर प्रश्न गर्नुहुन्छ । हाम्रो देशमा काम गर्न दिने वातावरण छैन् । राजनीतिमा मलाई कुनै चासो पनि छैन् ।

चलचित्रमा तपाईले अहिलेसम्म कुनै नेताको भूमिकामा अभिनय गर्नुभएको छ ?

छ । मैले गृहमन्त्रीको रोलमा खेलेको छु ।

रेखा थापा, कोमल वली, सरोज खनाल, करिश्मा मानन्धर लगायतका दर्जनौं चर्चित कलाकारहरु राजनीतिमा छन् नि ?

उहाँहरुको ईच्छा हो । कोमल वली त पहिलेदेखि नै राजनीति नजिक हुनुहुन्थ्यो । सरोज खनाल, करिश्मा र रेखाजीहरु ऋहिले लाग्नुभएको छ, किन लागेको भनेर भन्दिन । कला क्षेत्रमाजस्तै राम्रो काम गर्नुभयो भने जनताले उहाँहरुलाई पत्याउने छन् । मेरो शुभकामना छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्