Logo

४ बर्षदेखि जनावरजस्तै खोरमा थुनिदै आएका छन यी बालक



काठमाडौं १८ असार । जाजरकोट बारेकोट–४ जिरीका १२ वर्षीय भीमराज रावत चार वर्षदेखि खोरमा थुनिएका छन् । मानसिक सन्तुलन गुमाएका उनलाई अभिभावकले नै घरछेउको खोरमा थुनेका हुन् । ‘जे पायो त्यही गर्छ । कहिले खाना खान्छ, कहिले खाँदैन । सफा, फोहोर भन्ने पनि थाहा पाउँदैन ।

खोरमै थुनेर खाना खुवाउनुपर्छ । खुला राखे कतै हामफाल्छ कि भन्ने डर लाग्छ,’ आमा तुलसाले भनिन् । बुबा कालीबहादुरका अनुसार चार वर्षअघिदेखि बर्बराउने, रिसाउने, हाँस्ने, डराउने व्यवहार गर्ने भीमराज अचेल बोल्नसमेत छाडेका छन् । छोराको उपचारका लागि धामीझाँक्री, जडीबुटीदेखि केही अस्पतालसम्म पुगे पनि ठीक नभएको उनले बताए । उपचारका लागि घरजग्गासमेत बेच्नुपरेको कालीबहादुरले बताए ।: हेमन्त केसी/नयाँ पत्रिका, जाजरकोट



प्रतिक्रिया दिनुहोस्