Logo

ओखलढुंगालाई केन्द्र बनाएर ५.१ म्याग्निच्यूडको भूकम्प



काठमाडौं, १८ असार । आइतबार बिहान ओखलढुंगालाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्यूडको भूकम्प गएको छ ।

बिहान ७ बजेर ४३ मिनेटको समयमा बरुणेश्वर नजिकै केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दुई वर्ष अघि गोरखालाई केन्द्रविन्दु बनाएर गएको महाभूकम्पकै निरन्तरता स्वरुप आइतबार पराकम्प गएको हो ।

भूकम्पको धक्का पूर्वका धेरै ठाउँमा महसुस गरिएको जनाइएको छ । महाभूकम्प यता अहिलेसम्म ४ म्याग्नेच्यूटभन्दा माथिका ४८३ पटक पराकम्प गइसकेको केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्