Logo

कांग्रेस हार्नुको प्रमुख कारण जनतासँग नजिक नहुुनु हो : मीन विश्वकर्मा, नेता–नेपाली कांग्रेस 



सत्तारुढ दल नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले दोस्रो चरणको निर्वाचनमा पनि कांग्रेस दोस्रो स्थानमा आउनुको प्रमुख कारण पार्टी जनतासँग नजिक नहुनु नै रहेको बताएका छन् । त्यस्तै, पार्टीका केही असन्तुष्ट पक्षले पार्टीभित्रका कार्यकर्ता बाझिनुपनि  अहिलेको चुनावमा हार्नुको अर्को कारण रहेको खुलासा गरेका छन् । नेता विश्वकर्मासँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

दोस्रो चरणको निर्वाचनमा पनि काँग्रेस दोस्रोमा झ¥र्यो नि ?

हो । हाम्रो अनपेक्षित नतिजा आईरहेको छ । हामीले केही गल्ती गरेका छौँ । जस्तो, उम्मेद्धारी छान्दा, जनतासँग नजिक नहुँदा यस्तो स्थिति आएको हो । केही असन्तुष्ट पक्ष हाम्रै पार्टीभित्रका कार्यकर्ता बाझिनुभएको छ । पार्टीका आन्तरिक मतभेद अन्त्य नहुनु पनि एक हो । खासमा समय कम भएकै हो । पार्टी विशेषगरेर राष्ट्रिय राजनीतिमा व्यस्त भयो ।

काँग्रेस जनताभन्दा पार्टी नेतामुखी भयो ?

होईन। त्यसो त काँग्रेस जनताको बीचमा छ । केही कमजोरी भएका छन् ।

सभापतिकै गृहनगरमा काँग्रेसले हार्नुपर्यो नि ? 

मैले त्यही कुरा भन्दैथिएँ कि जित्ने भन्ने स्थानहरु पनि नजितिएको र जित्न गाह्रो भएका ठाउँमा जितिएको छ । काँग्रेसले आफ्नो राजनीतिक पुरै शक्ति केन्द्रको व्यबस्थापन गर्नको लागि समर्पित भएको छ ।

 जनमत नै कम भएको देखियो नि ? 

होईन । राष्ट्रिय मुद्दामा काँग्रेस जिम्मेवार हुँदा गाउँमा जान नपाएको सत्य हो । सत्य के हो भन्ने कुरा जनस्तरमा लैजान पाएनांै । एमाले प्रतिपक्षमा छ । त्यसैले उसले आफ्ना गतिविधि जनताकाबीचमा निरन्तर लियो । हामी सत्ता पक्षले प्रतिपक्ष र आन्दोलन पक्षलाई मिलाउनमै व्यस्त भयौं ।

 उसो भए पार्टी मुल नेतृत्व नै कमजोर भयो होईन त ? 

होईन । हामीले धेरै कोणबाट हेर्नुपर्छ । संविधान कार्यान्वयन र कार्यान्वयनमा ल्याउनको लागि होईन गाली गर्ने काम गर्यो प्रतिपक्षले । हामीले यस्तो अनुभुति २०६४ मा भोगेका छौँ । २०५४ मा एमालेले जुन आफ्नो हैसियत बनायो त्यही कुरालाई मात्रै जनताकोबीचमा गएको छ ।

 काँग्रेस पहिलो बन्छ भन्ने नेता तपाई होईन ? 

हो । अहिलेपनि भन्छु । काँग्रेसले थुप्रै काम गरेको छ र गर्दैछ ।

तर काँग्रेसलाई जनताले रुचाएनन नि ? 

जनताले दिएको जनादेश मान्छौं । राजनीतिक योजना, कार्यक्रम र ईतिहास सबै जनताको बीचमा राम्ररी पुगाउन सकेनौं । त्यही पनि काँग्रेस कमजोर भएको छैन् । काँग्रेस सत्तामा हुँदापनि साईज सानो भएको ईतिहास छ । संविधान कार्यान्वयन गर्दा, ठुला योजना सुरु गर्यो । तर ती सबै कुरा जनताको बीचमा लिन सकेनौं ।

जनताका कुरा सुन्नु हुन्न नि काँग्रेका नेताहरु ?

होईन । जनताका कुरा सुन्छौं । सबै प्रकारका सामाजिक विभेदलाई अन्त्य काँग्रेसले गरेको छ । धेरै राम्रा काम काँग्रेसले गरेको छ, तर एमाले त्यसलाई पनि बाङ्गो बनाएर प्रचार गर्दै हिँड्यो । जस्तो तराईका मधेशीलाई विदेशी हुन भन्ने हल्ला गर्यो। जनजातिका माग पुरा गर्नहुँदैन भन्यो ।

काँग्रेसका नेता सत्तामुखी भएको स्विकार गर्नुहुन्छ नि ?

होइन । अन्य दलभन्दा काँग्रेस सत्तामुखी कम हो । मत संख्याले लोकप्रियतालाई ईंगित गर्दैन । जुनबेला समस्या आउँछ, त्यो बेला काँग्रेसलाई नै जनताले रोज्छन्। हाम्रो एउटै गल्तीके भयो भने हामीले महत्वपूर्ण समय केन्द्रमा खेर फाल्यांै

। अरु पार्टीलाई आरोप लगाएर मात्रै हुन्छ ?

आरोप होईन । यो सत्य हो । राजनीति, प्राविधिक सबै प्रकारका कामहरु गर्नुपर्ने छ । राजनीतिमा देखिएका असहमति मिलाउनको लागि काँग्रेस र प्रधानमन्त्री लागि रहनुभएको छ । तत्काल मन्त्रीपरिषद गठन गर्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस्