Logo

कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा एमाले विजयी



cpn-uml-1

काठमाडौं १९ असार । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । आइतबार साँझ सम्पन्न मत गणना अनुसार बेल्डाँडी गाउँपालिकाको अध्यक्षमा एमालेका धन बहादुर थापा निर्वाचित भएका हुन् ।

बेल्डाँडी निर्वाचन अधिकृतको कार्यालयका अनुसार थापाले आफ्ना निकटतम प्रतिद्वन्दी काँग्रेसका चन्द्र बहादुर सिँहलाई ६१९ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन् । थापाले ३ हजार २१५ र सिँहले २ हजार ५९६ मत ल्याएका छन् । निर्वाचित थापा यस अघि पनि बेल्डाँडी गाउँविकास समितिको अध्यक्ष थिए ।

उनले २०५४ सालमै काँग्रेसकै सिँहलाई पराजित गर्दै अध्यक्ष भएका थिए । काँग्रेसका सिँह पनि विस २०४९ मा अध्यक्षमा निर्वाचित भएका थिए । २० बर्षमा भएको स्थानीय तहको निर्वाचनमा एमाले काँग्रेसका पुरानै अनुहार निर्वाचनमा उत्रेका थिए ।

यस्तै उपाध्यक्षमा एमालेकै उम्मेदवार कमला कार्की निर्वाचित भएकी छन् । कार्कीले आफ्ना निकटतम प्रतिद्वन्दी काँग्रेसका कृष्ण गिरीलाई ८६१ मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । कार्कीले ३ हजार १३७ र गिरीले २ हजार २७५ मत ल्याएका छन् । बेल्डाँडीका एमाले अग्रज नेता लाल बहादुर रावतले जित संगै विकास निर्माण लगायत जनतासंग गरेका बाचा पुरा गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot