Logo

पेट्रोलियम पदार्थको मूल्य घट्यो : निगमलाई नाफा



 

काठमाडौं १९ असार । नेपाल आयल निगमले एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँसहित पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको छ ।

इन्धनको मूल्य अन्तराष्ट्रिय भाउअनुसार समायोजन नगर्दा निगमलाई अझै मासिक ४० करोड रुपैयाँ नाफा छ । निगमका अनुसार मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ३० पैसा, डिजेलमा १ रुपैयाँ ५० पैसा, मट्टीतेलमा १८ रुपैयाँ नाफा छ । यस्तै निगमलाई ग्यासमा प्रतिसिलिन्डर ३९ रुपैयाँ नाफा रहेको आजको कारोबारमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot