Logo

छत्रदेव गाउंपालिकाका निर्वाचित पदाधिकारीसँग रिपोर्टर्स क्लबको साक्षात्कार



अर्घाखाँची, २१ असार । छत्रदेव गाउंपालिकाका निर्वाचित अध्यक्ष लेखनाथ पोखरेल, उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ सहित वडा अध्यक्ष र सदस्यबीच रिपोर्टर्स क्लव अर्घाखांची शाखाले आज सार्वजनिक उमावि छत्रगञ्जमा साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।

चुनावका बेला उम्मेदवारको रुपमा मतदातासित भोट माग्न जादा आफुले गरेको वाचा र प्रतिवद्धताको कार्यान्यवन र सम्बृद्ध गाउ बनाउने योजनाको बारे भएको साक्षात्कारमा निर्वाचित गापा अध्यक्ष लेखनाथ पोखरेलले भोट माग्दा बोलेका विकास योजनाको प्रतिवद्धता र आश्वासन क्रमागत रुपमा पुरा गर्ने बताउनुभयो ।

उहाले ५ वर्षभित्र छत्रदेव गाउपालिका सम्बृद्ध बनाउने आफनो सपनालाई सफल बनाउन सबैसग सहयोगको अपेक्षा गरेको बताउनुभयो । कृषिमा आधुनिकीकरण, पर्यटनको विकासको लागि पूर्वाधार बनाउने, शीपमुलक तालिम सञ्चालन गरेर विदेशीने युवालाई स्वदेशमै स्वरोजगार बनाउने उहाले बताउनु भयो । सडक, खानेपानी, विद्यतु लगायत सबै विकासका काम गर्न लागि पर्ने बताउनुभयो ।

कार्यक्रममा निर्वाचित गापा उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठले महिलालाई सीपमुलक तालिम दिएर आम्दानीको स्रोतको लागि काम गर्ने बताउनुभयो । उहाले भोट माग्दा जनतासग गरेको वाचा पुरा गर्न र गाउटोलको विकासमा सबै जनप्रतिनिधि एकढिक्का भएर लागेमा नमुना गाउपालिका बनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष राजेशकुमार पंथी, ५ का अध्यक्ष बालकृष्ण श्रेष्ठ, ४ नम्बर वडा सदस्य लक्ष्मी पौडेल, ६ की सदस्य सुन्तली विक, वडा सदस्य कृष्ण पौडेल, २ वडाका सदस्य संम्शेरदिन मिया, शिक्षक कृष्ण खत्री, नेत्रप्रसाद पोखरेल, कैलाश कुमार श्रेष्ठ, मानबहादुर पोखरेल, अमृत पंथी, दिपेन्द्र श्रेष्ठ, सावित्रा पौडेल, सन्तोष पोखरेल, कृष्णबहादुर दर्नाल, विमला विश्कर्मा, सफिता साह लगायले बोलेका थिए । कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र उपाध्यक्ष वीरेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्