Logo

कमल थापा र उपेन्द्र यादव सरकारमा आउने हो भने हामी ७ वटा मन्त्रालय लिनपनि तयार छौं : भुषाल



काठमाडौं, २३ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्ने बताएकी छिन् ।

शुक्रबार विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् । भुषालले भनिन्,‘प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्नुपर्छ, दुई चरणमा गर्दा महँगो र झन्झटिलो हुन्छ ।’

उनले एकै चरणमा निर्वाचन गर्न नसकिए मुलुकको राजनीति ठेकेदार र माफियाको हातमा जाने समेत चिन्ता व्यक्त गरिन् । ‘एकै चरणमा निर्वाचन गनुृपर्छ, यस्तो भयो भने मात्रै पार्टीहरुको अस्तित्व पनि बच्छ’, उनले थपिन्‘हाम्रो पार्टीभित्र एकै चरणमा निर्वाचन गर्नेबारे सरसल्लाह भैरहेको छ।’

उनले आफ्नो पार्टी प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्न तयार रहेको खुलासा गरिन् । उनले भनिन्,‘हेडक्वार्टर बैठकमा यो एजेण्डा राख्छौं ।’
त्यस्तै उनले आफूहरुको कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाई नभएको बरुश्र कांग्रेसभित्रको विवादका कारण भएको बताए । उनले थपिन्,‘हामी यति भाग चाहिन्छ भन्ने पक्षमा छैनौं, हामीलृे मागेको ९ देखि १० वटा मन्त्रालय हो, तर ७ वा ८ मा तल झर्नपनि तयार छौं ।’

उनले असोज २ गते हुने स्थानीय तहको प्रदेश नम्बर २ को निर्वाचन अघि नै संविधान संशोधन हुने दाबी गरिन् । संशोधन प्रस्तावको पक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि आउने विश्वास दिलाईन् । उनले थपिन्,‘एमालेको एजेण्डा केही पनि छैन, चुनाव हाम्रो एजेण्डा हो, गणतन्त्र हाम्रो एजेण्डा हो, त्यसैले अन्ततः संविधान संशोधनमा पनि एमाले आउँछ । समर्थन गर्छ ।’

 



प्रतिक्रिया दिनुहोस्