Logo

राष्ट्रगुरु योगी नरहरीनाथको सम्झनामा कला प्रतिष्ठान गठन हुने



काठमाडौं, २३ असार । विश्व शान्ति जागरणका अभियान्ता, लोक संस्कृतिका धरोहर राष्ट्रगुरु योगी नरहरीनाथको सम्झनामा कला साहित्य प्रतिष्ठान गठन हुने भएको छ।

कालिकोट जिल्ला ऋषिमुनि योगी सिद्धको आगमन भनौँ या जन्म भएको जिल्ला हो भन्ने कुरा धेरैलाई थाह नहुन सक्छ । कर्णाली विश्वको प्राकृतिक सौन्दर्यताको प्राय हो । कर्णालीको एक विकट जिल्ला हो कालिकोट । यस भन्दा पर पुगेर हेर्दा नेपाल दैविक शक्तिले सिञ्चित पवित्र भूमि हो ।

यो विश्व ब्रह्माण्ड दृश्य शक्ति र अदृश्य शक्ति दुई शक्तिले सञ्चालन भइराखेको सबैलाई हेक्का भएको विषय हो । दृश्य शक्तिको अनुभव अनुभूति भौतिक शरीरले गर्न सक्छ भने अदृश्य शक्तिको अनुभव भने प्राणमय आध्यात्मिक शरीरले गर्ने गर्दछ । हामी मानवहरू नवमानवमध्ये एक मानव शरीर धारी हो । हाम्रो यो भौतिक शरीर अन्नमा आश्रित छ भनिरहनु प्रर्दैन ।

कालिकोटको साविक ‘लालु’ यसै धराधाममा हाम्रो जस्तै शरीर लिएर जन्मे राष्ट्रगुरु योगीनाथ नरहरि । महामानवको रूपमा लालुले मात्रै होईन, कर्णालीले मात्र होईन, यो राष्ट्रले विसं. १९७१ फागुन १७ गतेका दिन उनलाई प्राप्त गर्यो ।

सिद्धाचल गोरक्षपिठ मृगस्थली पशुपतिमा राष्ट्रगुरु योगीकै समाधी नजिकै ‘नरहरीनाथ स्मृति कला साहित्य प्रतिष्ठान’ले असार २४ गते अर्थात भोली बिहान ११ः३० बजे उपस्थीतका लागि आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्