Logo

उमेर हदका कारण रोचक बन्दै मुख्यसचिवको दौड



असार २९, काठमाण्डौ । आज मन्त्रीपरिषदको बैठक बस्दै छ । विहिबार बस्ने मन्त्रीपरिषद बैठकले मुख्यसचिव को हुने भन्ने टुङ्गो लगाउने बताइएको छ । यस पटक मुख्य सचिवको दाबेदारहरुमा राजेन्द्रबहादुर क्षेत्री, नारायणगोपाल मलेगो, शान्तबहादुर श्रेष्ठ, शान्तराज सुवेदी, शंकर अधिकारी, डइन्द्रप्रसाद उपाध्याय र लोकदर्शन रेग्मी रहेका छन् । प्रमुख अर्थात बरिष्ठ दाबेदार सचिव धनबहादुर तामाङले विशिष्ट श्रेणीको ५ वर्षे पदावधि पूरा गरी बुधवार अनिवार्य अवकास पाइसकेको छन् । बाँकी दाबेदारहरुमध्ये राजेन्द्रबहादुर क्षेत्री सबैभन्दा बरिष्ठ हुन् । उनी मुख्यसचिव भए भने आगामी कात्तिक ८ गते नै उमेरहदका कारण अनिवार्य आवकाश हुनेछन् । क्षेत्रीपछिको बरिष्ठ मलेगो बरिष्ठ सचिव हुन् । त्यसपछि एकै पटक सचिव भएका श्रेष्ठ र सुवेदी वरिष्ठ हुन् ।
अहिले मुख्य सचिवमा क्षेत्रीको बढुवा भए शंकर अधिकारी, डइन्द्रप्रसाद उपाध्याय र लोकदर्शन रेग्मीमध्ये एकजना मुख्य सचिव बन्नेछन् । बाँकी मलेगो, श्रेष्ठ र सुवेदीले कात्तिक ८ मा क्षेत्री बाहिरिनु अघि नै सचिव पदको ५ वर्षे पदावधी पुरा गरी अनिवार्य अवकास पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्