Logo

मन्त्रीमण्डल विस्तार गर्न अझै एक हप्ता लाग्ने संकेत



असार ३१, काठमाण्डौ । संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएपछि सरकारले मन्त्रीपरिषद् विस्तारको गृहकार्य गरिरहेको छ । तर अझै ठोस नतिजा देखिएको छैन । प्रधानमन्त्री शेर बहादुर देउवा मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा जुटेका छन् । देउवाले आगामी सोमबारसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरी गृहकार्य थालेको बताइएको छ । आजको नागरिक दैनिकमा खबर ।
स्रोतका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल बैंककबाट फर्केलगत्तै मन्त्रिपरिषद विस्तारबारे कुराकानी गर्ने भएका छन् । दाहाल शनिबार काठमाण्डौं फर्कने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्