Logo

उपप्रधान तथा परराष्ट्रमन्त्रीसँग संयुक्त राष्ट्र सङ्घका संयोजकको शिष्टाचार भेट



काठमाडौ, ४ साउन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि संयुक्त राष्ट्र सङ्घका अवासीय संयोजक भलेरी जुलियण्डले शिष्टाचार भेट गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र संयुक्त राष्ट्र सङ्घबीचको सम्बन्ध तथा सहयोगका विषयमा छलफल भयो । सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपालका विविध क्षेत्रमा राष्ट्र सङ्घले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

संविधानको कार्यान्वयनका क्रममा दुई चरणमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै उहाँले तेस्रो चरणको स्थानीय तहको निर्वाचन तथा बाँकी प्रदेश र केन्द्रीय निर्वाचन पनि शान्तिपूर्ण तबरले सम्पन्न हुने बताउनुभयो ।

सो अवसरमा संयोजक जुलियण्डले नेपाल र संयुक्त राष्ट्र सङ्घबीच रही आएको सुमधुर सम्बन्ध आगामी दिनमा अझ विस्तार भएर जाने उल्लेख गर्नुभयो ।

उहाँले दुई चरणको स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको प्रति खुशी व्यक्त गर्दै तेस्रो चरण तथा बाँकी दुई तहको निर्वाचन पनि शान्तिपूर्ण तबरले सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्