Logo

राप्रपा केन्द्रिय कार्यसमिति बैठकको निर्णय : संशोधन प्रस्तावको पक्षमा एक भएर भोट हाल्ने



काठमाडौं, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन प्रस्तावको पक्षमा एकमत भएर मतदान गर्ने निर्णय गरेको छ ।

पार्टीको तीनसम्म चलेको केन्द्रिय कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो । नेता दिलनाथ गिरीले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भने,‘तीन सम्म चलेको हाम्रो पार्टीको बैठकले संसदमा विचाराधिन रहेको संशोधन प्रस्तावको पक्षमा एकमत भएर मतदान गर्ने निर्णय गरेको छ।’

त्यस्तै बैठकले सत्तारुढ दलले सम्मानजनक मन्त्रालय दिनेगरि सरकारमा सहभागी हुनपनि पार्टी तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

सरकारमा जाने वा नजानेबारे कार्यसम्पादन समितिको बैठक बसेर निर्णय गर्ने गिरीले जानकारी दिए ।

त्यस्तै संविधान संशोधन प्रस्तावमाथि पार्टीले हालेको हिन्दूराष्ट्र स्थापनाको माँगलाई जोडदारसँग उठाउन बैठकमा सहभागी नेताहरुले निर्देशन दिएको उनले जनाए ।



प्रतिक्रिया दिनुहोस्