Logo

पाँचौ ‘पृथ्वी राष्ट्रिय लोक तथा दोहोरी गीत अर्वाड’ सम्पन्न – सुचि सहित



धनराज वास्तविक: काठमाडौं, ८ साउन । गृहमन्त्री जनार्दन शर्माले लोक गीत संगीतले समाजलाई सम्बोधन गर्नबाट चुक्न नहुने बताएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिले राजधानीमा आयोजना गरेको पाँचौ ‘पृथ्वी राष्ट्रिय लोक तथा दोहोरी गीत अवार्ड’ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले यस्तो बताएका हुन ।

उनले भने ‘म यस विषयको जानकार त होईन तर अधिकांश नेपालीले सुन्ने आफ्नो पहिचान भनेको यहि लोकदोहरी गीतलाई मानेको हुँदा यसमा लागेका सर्जक श्रष्ठाले शब्द कोर्दा होस् या भिडियो बनाउदा होस् सजक हुनै पर्छ आफ्नो पनलाई जोगाउनको लागि कलाकार लाग्नु भएको छ यो राम्रो पक्ष हो।’

राजधानस्को कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा सम्पन्न उक्त अवार्ड कार्यक्रममा बर्षका सर्वोत्कृष्ट विधाहरु र कलाकारहरुलाई अवार्ड वितरण गरिएको छ।

देउडा सम्राट भनेर चिनिएका भनौ या लोकगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट वरिष्ट देउडा गायक नन्दकृष्ण जोशीलाई सम्मान गरिएको छ ।

लोक गीतलाई सञ्चार क्षेत्रबाट योगदान पुर्याएको भन्दै लामो समयदेखि कलम चलाउदै आएका पत्रकार सुमन बैरागीलाई पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।

यसै वर्षदेखी घोषणा गरिएको दशकका स्रष्टा सम्मानबाट सर्जक राजकुमार बगरलाई सम्मान गरिएको छ । त्यस्तै हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस)लाई सामाजिक कार्यमा योगदान गरेको भन्दै गृहमन्त्रीको हातबाट सम्मान प्रदान गरिएको छ ।

कलाकार धुर्मुसले गृहमन्त्री शर्मा, प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, पशुपति शर्मा, शंकर विसी लगायतको वास्तविकतामा रहेर अभिनय मार्फत नमुना नेपालको परिकल्पनालाई साकार पार्न सबैलाई अनुरोध गरेका छन् ।

उत्कृष्ट गायक-गायिकामा रामजी खाँड र टीका पुनले बाझि मारेका छन् । रामजी खाँडले ‘अमिलो रसैले’ बोलको गीतबाट र ‘मलाई नाँच्न मन लाग्छ’ बोलको गीतबाट टीका पुनले अवार्ड प्राप्त गरेकी हुन् ।

त्यस्तै बर्षको उत्कृष्ट लोकदोहोरी गीत (एल्बम) मा ‘फूल्यो बामरी’ बोलको गीतबाट गायिका प्रीति आलेले अवार्ड थापिन् । वर्षको सर्वोउत्कृष्ट अभिनयतर्फ मोडल महेन्द्र गौतम र नायिका मञ्जिता के.सीले अवार्ड प्राप्त गरे ।

२०७३ सालमा निस्किएका गीत मध्येबाट ३० भन्दा बढी विधामा प्रदान गरिएको अवार्डमा वर्षको नृत्यतर्फको नायक र नायिकामा भने शंकर बिसी र रश्मी तामाङलाई अवार्ड प्रदान गरिएको छ ।

वर्षको उत्कृष्ट म्युजिक भिडियो निर्देशन गरेको भनदै बब्बु थापालाई सम्मान गरिएको छ ।  उत्कृष्ट नवगायकमा ‘गाउले पाराको’ बोलको गीतबाट गंगा पुन र नव गायिकामा ‘पैसा यो पैसा’ बोलको गीतबाट भूमिका गिरीले अवार्ड पाउन सफल भईन ।

‘उही खोलीको पानी’ बोलको गीतबाट राजन गुरुङले ‘पब्लिक च्वाइस अवार्ड’ जिते । त्यस्तै गायक कृष्ण रेउलेलाई जुरी अवार्डबाट सम्मान गरियो ।

वर्षको उत्कृष्ट लय अवार्ड ‘उही खोलीमा पानी’ बोलको गीतबाट चर्चित सर्जक वसन्त थापा सम्मानीत भएका छन् । त्यस्तै उत्कृष्ट शब्द रचना अवार्ड घनश्याम भुसालले प्राप्त गरे ।

प्रतियोगी गायक र गायिकामा रविन लामिछाने र शोभा कार्कीले अवार्ड उचाल्न सफल भए । त्यस्तै संगीत संयोजनमा विनोद बाजुराली, ध्वनी मिश्रणमा खड्ग बाजुराली, रेकडिष्टमा मानबहादुर बरालले अवार्ड प्राप्त गरे ।

त्यस्तै लोक दोहोरी साँझ गायक अवार्डबाट नगरकोट दोहोरी साँझबाट प्रेम अर्याल र लोक दोहोरी साँझ गायिका तर्फ फेवा दोहोरी साँझबाट सरिता खनाललाई अवार्ड प्रदान गरिएको थियो ।

त्यस्तै ‘साइला दाइ कहाँ गयो’ बोलको गीतलाई सदाबहार गीतबाट सम्मान गरिएको छ।  लोक दोहोरी साँझ बाध्यवादक तर्फ ईश्वरीप्रसाद भुसाललाई अवार्ड प्रदान गरिएको छ ।

राष्ट्र भावको गीततर्फ राजन कार्की, लोकगीतबाट मौसम गुरुङ, म्युजिक भिडियो छायांकनमा करन चैसिर, म्युजिक भिडियो सम्पादनमा प्रवीन भट्टललाई सम्मान प्रदान तथा अवार्ड जित्न सफल भएका छन् । सहायक कोरस नृत्यांग नातर्फबाट इन्दिरा श्रेष्ठलाई सम्मान गरिएको छ । परम्परागत गीत तर्फ भने प्रसाद खप्तरी मगरलाई सम्मान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्