Logo

सुर्खेतको बुलबुले घुमाउने तिज गीत सार्वजनिक



धनराज वास्तविक : काठमाडौं, ९ साउन । नेपाली नारीहरूको महान चाँड हरितालिका तिज नजिकिदै गर्दा तिजका भाकाहरूले बजार तताउन भरसक प्रयास गरिरहेका छन् ।

यस वर्षका तिजका भाकाहरू पोहोर परार सालका भन्दा अलि सभ्य र हेर्न लायक बनेका छन भन्दा अन्यथा नहोला ।  संस्कार र संस्कृतिको जर्गेना र सत्यको बाटोमा नितन्तर हिडिरहेका चर्चित गायक धनराज चुनाराको आवाजमा देशका विभिन्न भाग, पर्यटक स्थल र विभिन्न जिल्लाहरूको यर्थातता रचना गरिएको गीत बजारमा आएको छ।

राजु सुनामको लय शब्दमा तयार भएको गीतमा गायक चुनारालाई गायिका लक्ष्मी केसीले स्वरमा साथ दिएकी छिन् । नरेश सोनीले निर्देशन गरेको उक्त गीतको अभिनय पाटोमा मिलन र लिलाले महत्वपूर्ण भुमिका खेलेका छन् ।  छायांकनमा शम्भु चालिसे उत्रेका छन् । त्यस्तै सम्पादनको पाटोमा रविन बि.कले कर्तव्य निभाएका छन् ।



प्रतिक्रिया दिनुहोस्