Logo

त्रिवि विरुद्ध सर्वोचमा रिट निवेदन दायर, अङ्ग्रेजी बाहेक विषयका प्रश्नपत्र नेपालीमा सोधिनुपर्ने माग



काठमाडौं, १० साउन । त्रिभूवन विश्व विद्यालयले गैरकानुनि रुपमा अङ्ग्रेजी भाषामा मात्रै प्रश्नपत्र निमार्ण गरेकाले नेपालीसहित दुवैमा प्रशनपत्रको व्यबस्था गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खु, परीक्षा बोर्ड कीर्तिपुर र शिक्षा मन्त्रालयलाई विपक्षि बनाई अधिवक्ता विश्वास पौडेलले दाउर गरेको निबेदनमा नेपालको संविधानले नै नेपालमा बोलिने सबै मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने व्यवस्थाको विपरित त्रिविले गैर संवैधानिक रुपमा अङग्रेजी भाषामा प्रश्नपत्र बनाउने गरेको उल्लेख छ ।

निवेदनमा त्रिविले सञ्चालन गर्ने स्नातक र स्नातकोत्तर तहका परीक्षामा नेपाली विषय बाहेक अन्य विषयका प्रश्न अङ्ग्रेजिमा सोधिने गरेको र उक्त व्यवस्थाले अङ्ग्रेजिमा दख्खल नराख्ने विद्यार्थीहरूले प्रश्न नबुझेर उल्टो उत्तर दिदा परिक्षामा असफल हुने र भविष्य अन्धकार भएको निवेदनमा भनिएको छ ।

यस विषयमा विभिन्न विद्यार्थी संगठनहरु भने मौन प्राय छन् । विद्यार्थी आन्दालोनका हकदार मानिएका विद्यार्थी नेताहरू अंग्रेजी भाषाले विद्यार्थीहरूको समय, लगानी र भविष्य धरापमा परेको देखिरहेका छैनन् भन्दा अन्यथा नहोला ।

 



प्रतिक्रिया दिनुहोस्