Logo

करिश्माले पनि ल्याईन तीज गीत (भिडियोसहित)



काठमाडौं, ११ साउन । नेपाली नारीहरुको महान चाँड हरितालिका तिज आँगनमै आउँदै गर्दा नेपाली चेलीहले आफ्ना मनका भाकाहरु, माईती जान नपाएका पीर बेदना, कथा कहानी र भोगाईहरु तिजका भाकामा गाउन थालेका छन् ।

सुर्खेती चेली चर्चित गायिका एवम् सुमधुर स्वरकी धनी करिश्मा घर्तीले पनि निक्कै मिठो तिजको भाका बजारमा ल्याएकी छिन ।

चर्चित सर्जक रमेश बिजिको शब्दमा रहेको उक्त गीतलाई गायिका घर्तीले गाएकी हुन । माईती घरमा आमाले तिजको बेला आफ्नी छोरी आउँछ कि आउँदैन, पोईली घरमा कस्तो जिन्दगी बिताई रहेकी होली, दैलाको ढिलैमा काकरीको फुलेको हुन्छ, अरु सबै दिदि बहिनीहरु आईसकेका हुन्छन्,तर आफ्नी छोरी आएकी हुँदैन जस्ता कुराले आमा पिरोली रहेकी हुन्छन, दर खाने दिनसम्म आउने छोरीको प्रण यस गीतले गरेको छ।

“सम्झयौकि आमाले” बोलको गीत लिएर आएकी गायिका घर्तीे अघिल्लो सालमा भने करिब आधा दर्जन तिज गीत बजारमा ल्याएकी थिन् ।
यस पालिको तिजको भाकामा चर्चीत मोडल पार्वती राईले अभिनयमा साथ दिएकी छिन् । शिव बि.कले निर्देशन गरेको उक्त गीतको छायांकन सम्भु चालिसेले गरेका छन् । सम्पादनको पाटोमा रविन बि.कले साथ दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot