काठमाण्डौ १३ साउन । पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफलाई पानामा लिक्स मामिलामा त्यहाँको सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । यो निर्णयसँगै प्रधानमन्त्री शरीफ आफ्नो पदमा बस्नका लागि अयोग्य ठहरीनुभएको छ । उहाँले अब आफ्नो पदबाट राजिनामा दिनुपर्नेछ ।
पानामा पेपर लिक्स प्रकरणमा मुछिनुभएका शरीफ अबैधानिक तवरले सम्पति जोडेको आरोपमा दोषी ठहर हुनुभएको डाउन डटकमले जनाएको छ ।
पनामा पेपर लिक्स प्रकरणमा विपक्षी दल पाकिस्तान तहरीक ए इन्साफका अध्यक्ष इमराज खानले अदालतमा मुद्दा दायर गर्नुभएको थियो।