Logo

प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्छ, सरकारले तयारी गरिसक्यो : मन्त्री विश्वकर्मा



काठमाडौं, १५ साउन । वाणिज्यमन्त्री मिन विश्वकर्माले एकै चरणमा निर्वाचन गराउनेगरि सरकार गृहकार्यमा जुटिसकेको बताएका छन् । उनले भने,‘सरकारले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गराउनेगरि छलफल सुरु गरिसकेको छ, यसमा प्रतिपक्षी दललगायत अन्य दलहरुले पनि सकारात्मक प्रतिक्रिया दिएका छन।’

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा विश्वकर्माले दुवै निर्वाचन मंसिरको पहिलो अथवा दोस्रो हप्ता गर्नेगरि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका र दलहरुसँग छलफल गरिरहेको जानकारी दिए । उनले भने,‘प्रधानमन्त्रीको यस्तो प्रस्ताव र छलफलमा आयोगपनि सकारात्मक छ।’

क्लबका सभापति ऋषि धमलाको सभातित्वमा आयोजित साक्षात्कारमा मन्त्री विश्वकर्माले दुवै निर्वाचन एकै चरणमा गर्न मिति घोषणा गर्नुपुर्व प्रमुख प्रतिपक्षी दल एमाले लगायत सत्ता साझेदार दलहरुको विश्वास लिन सरकार प्रयासरत रहेको जनाए । एकै चरणमा दुई वटा निर्वाचन सम्पन्न गर्नको लागि आयोगको क्षमता अभिवृद्धि गर्न सरकार तयार रहेको विश्वकमाले बताए ।

उनले आयोगको क्षमता अभिवृद्धि गर्दापनि जटिलता आए आफूहरु राजनीतिक सहमतिका माध्यमबाट निकास खोज्न तयार रहेको स्पष्ट पारे ।
उनले माघ ७ गतेभित्रै सबै निर्वाचन गर्नुपर्ने भएकोले सबै पक्षले यसको लागि सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot