Logo

रेखाको ‘रुद्रप्रिया’मा समाहित पहिलो गीत ‘मेरो माया छ भने’ सार्वजनिक



काठमाडौं, १५ साउन । आगामी कार्तिक २ गते प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली चलचित्रको शिर्ष गीत सावैजनिक गरिएको छ । बुढासुब्बाको यूटुव च्यानल मार्फत सार्वजनिक गर्रिको ‘मेरो माया छ भने, रुमाल चिनो देउ’ बोलको गीत सार्वजनिक गरिएको हो । ‘मेरो माया छ भने’ बोलको गीतमा राजनराज सिवाकोटीको संगीत छ भने स्वर संगीतकार सिवाकोटी र गायिका मेलिना राईको छ ।

लोकप्रिय नायिका रेखा थापा र नायक आर्यन सिग्देलको मुख्य अभिनय गरेको चलचित्र ‘‘रुद्रप्रिया’ फस्टलूक पोस्टर केही दिन अघि मात्रै सावर्जनिक गरिसकेको छ । उक्त पोष्टर नायिका थापाले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेकी थिन्।

रेखाकै ब्यानर रेखा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्र ‘रुद्रप्रिया’को फष्टलुक पोस्टरमा रेखा केही भिन्न र रोचक तरिकाले देखिएईको थियो । पोस्टरमा नायिका थापाको अनुहारको आधाभाग छोपिएको छ ।

पोस्टरमा रेखाले नायक सिग्देलको हात समातेको देखिन्छ । सुदिप भूपाल सिंहको निर्देशनमा तयार भएको ‘रुद्रप्रिया’ नायक थापाले नै निर्माण गरेकी हुन् । चलचित्रका गीतमा सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ । यस चलचित्रका कार्यकारी निर्माता एम.के पौडेल हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot