Logo

राष्ट्रव्यापी दृष्टिविहिन हाजिरी जवाफ ‘क्विज ब्याटल’ प्रतियोगिता हुने



काठमाडौं, १७ साउन । लिभ एण्ड लिड ईन्टरनेशनलले देशव्यापि दृष्टिविहिन हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ।

रिपोर्टर्स क्लब नेपालमा आयोजकले पत्रकार सम्मेलन गरेर आगामी दुई महिना भित्र मुलुक भर प्रतियोगीता सम्पन्न गर्ने र जिल्लाका विजयीलाई राजधानीमा उतार्ने लक्ष्य रहेको जानकारी दिएको छ।

संस्थाका अध्यक्ष नविन यादवले शारिरिक अशक्तता रहेका व्यक्तिहरूको अन्तरनिहित क्षमताको कदर र उजागर गर्ने हेतुले यो प्रतियोगिता गर्न लागिएको बताए ।
उनले भने,‘सम्भवत यो विश्वको पहिलो रेकर्ड हो, हामीले चितवनका दुईवटा विद्यालयमा हाजिरी जवाफ प्रतियोगीता सम्पन्न गरिसकेका छौँ, विश्वमै पहिलोपटक हामी यूवाहरुले सम्पन्न गर्न लागेको प्रतियोगिताको नाम ‘क्विज ब्याटल’ दिएका छौ।’

नेप्लीज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगालादेशका अध्यक्ष यादवले देशका ५५ जिल्लामा अवस्थित ८६ विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सहभागिता रहने बताए।
त्यस्तै कार्यक्रममा सार्थक लम्सालले प्रतियोगीताले शारीरिक रुपमा अशक्त तर क्षमतावान विद्यार्थीहरूको प्रतिभाको सम्मानार्थ सुलभ वातावरण तयार गरी उनीहरुको भविष्य सुनिश्चित गर्ने बताएका छन् ।

लम्सालले भने,‘हाम्रो समाज भित्र रहेका यस्ता व्यत्तिलाई बिचराको रुपमा हेर्छौँ तर उहाँहरुसँग भएको क्षमतालाई देख्ने खोज्ने प्रयास गर्दैनौ, यो प्रतियोगीताले विश्वमै एक प्रकारको सन्देश दिने छ, जुन हाम्रो उद्देश्य पनि हो।’

राष्ट्रब्यापि प्रतियोगीतामा प्रथम हुनेले ३ लाख, दोस्रो हुनेले, २ लाख र तेस्रो हुनेले १ लाख रुपैया नगद पुरस्कार सहित सम्मान गरिने आयोजकले जानकारी दिएको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot