Logo

राजपा कार्यसम्पादन बैठक बस्दै, वार पारको रणनीति बनाउने



काठमाडौं १८ साउन । राष्ट्रिय जनता पार्टी प्रदेश नम्बर २ को चुनावमा जाने की नजाने भन्ने विषयमा राण्नीतिक छलफल गर्ने भएको छ । भारतीय राजदुतसँगको छलफल पछि राजपाले रणनीति तय गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पहिलो केन्द्रीय समिति बैठक आगामी साउन २१ गते बालाएको छ । त्यसअघि कार्यसम्पादन समितिको बैठक आज बोलाइएको हो ।

कार्यसम्पादन समितिको बैठकमा चुनावमा जाने वा नजाने भन्ने विषयमा ठोस निर्णय हुने नेता राजकिशोर यादवले जानकारी दिए । आगामी साउन १८ देखि २० गतेसम्म पार्टी पदाधिकारी र कार्यसम्पादन समितिको बैठक बोलाइएको हो। त्यसलगत्तै साउन २१ बाट केन्द्रीय समितिको बैठक बोलाउने निर्णय अध्यक्ष मण्डलको शुक्रबार बसेको बैठकले गरेको थियो।

यसअघि राजपा नेपालमा एकीकृत हुनुअघि मधेस केन्द्रित ६ दलको संयुक्त बैठक बसेको थियो। एकीकरणपछि भने पार्टी केन्द्रीय समिति बैठक बस्न सकेको छैन। केन्द्रिय समितिको बैठक नबोलाइएकोमा पार्टीका शीर्ष नेता हृदयेश त्रिपाठीलगायतले असन्तुष्टि जनाउँदै साउन १५ भित्र बैठक बोलाउन माग गर्दै आएका थिए।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot