Logo

यस वर्षका टिपिकल उत्कृष्ट तिज गीतहरु (भिडियोसहित)



धनराज वास्तविक: काठमाडौं, १७ साउन । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकि गर्दा आफ्नै पनका भाकाहरु बजारमा प्रिय बन्दै गएका छन् । यस बर्षका चर्चीत गीतहरुको सन्दर्भमा जति चर्चा र यूटुवमा नहेरिए पनि टिपिकल भाकाहरूले जनमानसमा राम्रै प्रभाव पार्न सफल भएका छन् ।

यस वर्षका उत्कृष्ट टिपिकल गीतहरुको सुचि हामीले यूटुवमा भेटिएका र सामाजिक सञ्जालमा भेटिएका भाकाहरुको समाचार तयार पारेका छौँ । यहाँ भन्दा अरु पनि थुप्रै गीत बजारमा आएका हुन सक्छन् ।

अर्को तर्फ यो वर्ष बजारमा आएका प्राय गीतहरुले परम्परा, मुल्य मान्यता, सस्कार, संस्कृति जस्ता कुरालाई आत्मसात गरेका छन्। केही गीत बाहेक सबै गीतहरु नारीवादी बनेका छन भन्दा फरक पर्दैन । यस वर्ष हामीले भेटेका टिपिकल तिज गीतका भाकाहरु यस प्रकार छन् ।

लक्ष्मी न्यौपाने

यस पालिको तिजमा लोक प्रिय चर्चीत गायिका लक्ष्मी न्यौपानेले ‘झल्को माईतीको’ बोलको गीत बजारमा ल्याएकी छिन्। गायिका न्यौपानेको सुमधुर लयमा तयार पारिएको उक्त गीतको शब्द झलक रेग्मीले लेखेका हुन् ।

स्मृति तिमिल्सिनाको निर्देशनमा तयार पारिएको उक्त गीतमा स्मृति र करिश्मा ढकालको अभिनय रहेको छ। यो गीत हरेक हिसावमा टिपिकल छ । यस्ता गीत संगीतले समाजलाई अनुसाशित र नैतिकवान बनाउनेमा सर्जकहरुको दावि छ।

https://www.youtube.com/watch?v=RQNpdFywrK0

शकुन्तला थापा

चर्चीत सर्जक एकनारायण भण्डारीको लय शब्दमा तयार भएको ‘बाबाले सारेको सुन्तलाको बिरुवा’ बोलको गीत हाम्रो शिर्षको एउटा सफल उदाहरण हो भन्दा फरक नपर्ला । यो गीत प्राय मानिसको प्रिय गीतका रुपमा चर्चामा रहेको छ ।

यस गीतमा शकुन्तला थापाको स्वर रहेको ट । ‘बाबाले सारेको सुन्तलाको बिरुवा’ गीतमा चर्चीत मोडल रिना थापा मगर र सबिता आलेको अभिनय रहेको छ ।

करिश्मा घर्ती मगर

यस पालिको तिजको अवसरमा सुर्खेती चेली चर्चित गायिका एवम् सुमधुर स्वरकी धनी करिश्मा घर्तीले पनि निक्कै मिठो तिजको भाका बजारमा ल्याएकी छिन । चर्चित सर्जक रमेश बिजिको शब्दमा रहेको उक्त गीतलाई गायिका घर्तीले गाएकी हुन ।

माईती घरमा आमाले तिजको बेला आफ्नी छोरी आउँछ कि ? आउँदैन, पोईली घरमा कस्तो जिन्दगी बिताई रहेकी होली, दैलाको ढिलैमा काकरीको फुलेको हुन्छ, अरु सबै दिदि बहिनीहरु आईसकेका हुन्छन । तर आफ्नी छोरी आएकी हुँदैन जस्ता कुराले आमा पिरोली रहेकी हुन्छन, दर खाने दिनसम्म आउने छोरीको प्रण यस गीतले गरेको छ।

‘सम्झयौकि आमाले’ बोलको गीत लिएर आएकी गायिका घर्तीे अघिल्लो सालमा भने करिब आधा दर्जन तिज गीत बजारमा ल्याएकी थिन् । यस पालिको तिजको भाकामा चर्चीत मोडल पार्वती राईले अभिनयमा साथ दिएकी छिन् । शिव बि.कले निर्देशन गरेको उक्त गीतको छायांकन सम्भु चालिसेले गरेका छन् । सम्पादनको पाटोमा रविन बि.कले साथ दिएका छन् ।

आलाप स्टुटियो

यस वर्षको तिजको अवसरमा टिपिकल तिज गीत अन्तरगत आलाप स्टुडियोले ‘माईतिको सम्झना’ बोलको गीत बजारमा ल्याएको छ । जुन गीतले नेपाली नारीको मौलिख संस्कृतिलाई पुनारागमन गरेको महसुस हुन्छ। दीदी बहिनी मिलेर गाउँने, नाच्ने रमाईलो, दुख सुख साट्ने सन्दर्भहरु यस गीतमा कैद गरिएका छन् ।

रिता बुढाथोकी, तुलशा गुरुङ र गीता बि.क लगायत साथीहरुको स्वरमा सजिएको उक्त तिज गीतमा चर्चीत मोडल दिपाशा वि.सी, आरुसी मगर र मालती घलेको अभिनय रहेको छ । यस गीतको निर्देशन रेशम सापकोटाले गरेका छन् ।

कल्पना कुशुम

कुनै समयमा वरिष्ठ गायिका हरिदेवि कोईरालाको स्वरमा कैद भएको बहुचर्चित तिजभाका ‘रानीचरी’ बोलको गीत पुनःकल्पना कुशुमको आवाज रहेको छ ।
हरिदेवी कोईरालाको लय तथा नारायण सापकोटाको शब्द रचना रहेको यो गीतले वास्तवमै नेपाली पनलाई झल्काउन खोजेको छ ।

विष्णुमाया गुरुङ

गायिका विष्णूमाया गुरुङले यसपालिको तिजलाई लक्ष्क्षित गरि ‘आमा तिम्रो मन’ बोलको तिजभाका बजारमा ल्याएकी छिन् । रमेश वि.जिको लय शब्दमा तयार पारिएको उक्त गीतमा विष्णुमाया गुरुङ, नन्दा कुमारी गुरुङ, मणी कुमारी राई, प्रेम गुरुङको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्