Logo

सुरेश शाहीको लय र लक्ष्मी न्यौपानेको स्वरमा तिज गीत सार्वजनिक



काठमाडौं, १८ साउन । संगीतकार सुरेश शाहीको उत्कृष्ट लय तथा लोकप्रीय गायिका लक्ष्मी न्यौपानेको सुमधुर आवाजमा ‘तिजको बेला’ बोलको गीत बजारमा आएको छ ।

संगीतकार शाहीकै संगीत संयोजनमा तयार पारिएको उक्त गीत सत्यनारायण श्रेष्ठका शब्द छन् ।  तिजको अवसरमा दिदी बहिनीहरु रमाउने, गाउँने नाच्ने र कर्म घरमा भोग्नु परेका जीवन भोगाईहरूलाई बिसाउँने चौतारीका रुपमा लिने गरिएको महानचाड हरितालिका तिजमा माईतिघर जान नपाएका वेदनाहरू यस गीतमा समावेस गरिएका छन् ।

चर्चित दृश्य सम्पादक वीरेन्द्र भाट ‘विपिन’को निर्देशनमा तयार पारिएको उक्त गीतको सम्पादन पनि विपिनले नै गरेका छन् । यस गीतमा रुपा कँडेल, अमरध्वज, कान्छी, मुकेश र मैनाको अभिनय देख्न सकिन्छ।



प्रतिक्रिया दिनुहोस्