Logo

मन्त्रीद्वय प्रधान र विश्वकर्मा सम्मानित



काठमाडौँ, १८ साउन । रक्षामन्त्री भीमसेनदास प्रधान र वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मालाई आज यहाँ आयोजित कार्यक्रममा नेपाल नागरिक एकता समाजले बधाइ ज्ञापन गर्दै सम्मान गरेको छ ।

समाजका अध्यक्ष सीताराम कार्कीले मन्त्रीद्वयलाई सम्मानपत्र प्रदान गर्नुभयो । सोही अवसरमा मन्त्री प्रधानले साहित्य, शिक्षा, स्वास्थ्य, कर्मचारी प्रशासन, आर्थिक क्षेत्र, समाजसेवालगायत क्षेत्रमा लामो समयदेखि सेवा गरी अतुलनीय काम गर्नेलाई सम्मान गर्नुभयो ।

मन्त्री प्रधानबाट सम्मान ग्रहण गर्नेहरुमा नेकपा –माओवादी केन्द्र )का पोलिट्व्युरो सदस्य शिवप्रसाद कटेल, ललितपर महानगरपालिकाका प्रमुख चिरिबाबुमहर्जनतथा नेमवीर शाक्यसहित १४ जना हुनुहुन्छ ।

सो अवसरमा रक्षामन्त्री प्रधानले नेपाल संघीय संरचनामा गइसकेको कारण नेपाली सेनालाई पनि संघीय संरचनामा लैजाने काम शुरु भइसकेको बताउनभयो । उहाँले मुलुकको राष्ट्रियता विभिन्न जातजाति, धर्म, सम्प्रदाय तथा वेशभूषाले आत्मसात् गर्न सकेमा मात्र मुलुकको सार्वभौमिकता बलियो हुने बताउनुभयो ।

सो अवसरमा वाणिज्य मन्त्री विश्वकर्माले नेपालको व्यापार घाटा रु नौ खर्ब रहेको बताउँदै व्यापार घाटा न्यूनीकरण गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । औद्योगिक वस्तुको निर्यात गरेर नेपाल समृद्ध हुन सक्दैन भन्दै उहाँले नेपालको मौलिक उत्पादन विदेशी बजारमा बिक्री गरी व्यापार घाटा न्यूनीकरण गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो । रासस

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्

Screenshot