Logo

लोक दोहोरी प्रतिष्ठानकै सदस्यहरु कट्टुमा नाचेपछि…(भिडियोसहित)



काठमाडौं, २० साउन । नेपाली लोक तथा दोहोरी गीतसँगै कला संरक्षण र सम्वर्दनगर्ने एक भरपर्दो र विश्वासका नजरले हेरिएको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्यहरुनै समाजले नपचाउने सन्देश र दृश्य प्रवाहगर्न थालेका छन् ।

संस्थाको नेतृत्वमा बस्दाको दिन लिएको सपत संस्थाका जिम्मेवार प्रतिनिधिले भुलेका छन् भन्दा फरक नपर्ला । चर्चीत गायिका पूर्णकला वि.सी र गायक गोपाल जिएमको स्वरमा सजिएको तिज गीत नाम दिएको ‘कट्टुमा बुट्टा’ बोलको गीत यति खेर कला संरक्षण र सम्वर्दनमा लागेका व्यक्ति र संस्थाहरुको नजरमा परेको छ ।

हाम्रो नेपाली कला क्षेत्रमा लागेका कलाकारहरुमा मेहनत, परिश्रम भन्दा पनि भड्कीलो काम गरेर चर्चामा आउने क्रम निक्कै डरलाग्दो तरिकाले अघि बढेको छ ।

माथि उल्लेखित नाम मध्य एक चर्चीत नाम पूर्णकला विसी प्रतिष्ठानकी सर्वाधिक मत पाएर विजयि भएकी गायिका हुन्।
अब रह्यो यस गीतको दृश्यमा पुतली झै नाच्ने, एउटा कम्मर तिनमा ठाउमा भाच्ने र प्रतिष्ठानको मैदानमा अत्याधिक मत पाएर विजयी बनेकी चर्चीत मोडल हुन पार्वति राई ।

अब यस गीतको निर्देशन कस्ले गर्यो होला भन्ने धेरैलाई सोधी खोजिको विसय बन्ला । यस गीतको निर्देशन गर्ने व्यक्ति पनि प्रतिष्ठान भन्दा बाहिरका निर्देशक होईन । प्रतिष्ठान कै केन्द्रिय सचिव शंकर विसी हुन।

यहाँ भन्दा पहिलेका वर्षमा पनि उनले निर्देशन गरेका केही गीतहरु निक्कै विवाधित बनेका थिए । दर्शक श्रोता सञ्जालले म्यूजिक नेपालमा निवेदन दिएर यूटुवबाट हटाउन समेत आग्रह गरेको थियो ।

यस गीतको दृश्य कैद राजेश घिमिरेले गरेका छन् । सम्पादनको पाटोमा नविन घर्ती मगले योगदान दिएका छन् । पहिलेका वर्ष झै यस पालिको तिजले पनि गीतका भाका मार्फत आफ्नो गरिमा जोगाउन सकेन भन्दा अनौठो नहोला ।

यस बिराट कला संरक्षण र सम्वर्धनमा लागेका रक्षकले नै नेपाली चेलीको जीनवसँग जोडिएको महान चाड हरितालिका तिजलाई सुन्दर बनाउने भन्दा पनि कुरुप बनाउन उद्ध्त रहेको देखिएको छ।

आईटम गीतमा प्रयोग हुने पोसाक तिजका गीतमा प्रयोग गर्न नहुनेमा कसैको दुई मत नहोला । तर यहाँ यसरी नै हिटहुने विश्वास धेरै कलाकारको मनमा छ । यस्तो भ्रम पाल्नु सर्जक तथा यस क्षेत्रको संरक्षणमा लागेका असली कलाकारहरुको सहि कर्तव्य र संरक्षण हुनै सक्तैन ।

 



प्रतिक्रिया दिनुहोस्