Logo

राष्ट्रिय कलाकारहरु इजरायलको तिजसांगीतिक धमाकामा सहभागि हुने



काठमाडौं, २२ साउन । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै प्रवाशी भुमी इजरायलमा रहेका बिभिन्न संघ संस्था, धार्मिक, साहित्यिक, राजनैतिक, परोपकारी, जातीय आदिवासी जनजाती लगायत अनलाइन मिडिया हरुको संयुक्त आयोजनामा २०७४ साल तिजको बृहत सांगीतिक धमाका हुने भएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय स्तरका ख्यातिप्राप्त चर्चित कलाकार हरुको साथमा इजरायलमै रहेका स्थानीय कलाकार हरुको पनी उपस्थितमा भरपूर्ण मनोरञ्जन धमाका हुने इजरायल बाट नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका केन्द्रीय अध्यक्ष रामशरण बानियाँले जानकारी गराएका छन् ।

सोही कार्यक्रममा नेपाल बाट राष्ट्रिय कलाकार हरु बहुचर्चित लोकप्रिय तथा जन गायक बद्री पंगेनी, अर्की लोकप्रिय चर्चित गायिका भूमिका गिरी, त्यस्तै लोकदोहोरी गायिका कालिका रोका मगर लगायत हाँस्य कलाकार सुजित थापा धमाका मच्चाउन इजरायल जाने भएका छन् ।

कार्यक्रम हुने मिती सन् २०१७ अगस्त २५ तारिक शुक्रबारको दिन तेलभिव युनिभर्सिटी हलमा इजरायली समय साँझ पाँच देखी सुरु हुने भएको छ । उक्त कार्यक्रममा दर खुवाउने व्यवस्था रहनुको साथै कार्यक्रम हुने स्थल सम्म जान र आउनको लागी दर्शक हरुलाई बसको निशुल्क सुविधा समेत रहेको बताएका छन् ।

सोही कार्यक्रममा नेपालबाट जाने राष्ट्रिय कलाकार हरुका लागी भिषा लागी सकेको र टिकटको पनी व्यवस्था भइसकेको इजरायल बाट संवाददाता रामशरण बानियाँले जानकारी गराएका छन् । उक्त कार्यक्रममा नेपाल बाट जाने कलाकार लोकप्रिय गायक बद्री पंगेनी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका वर्तमान केन्द्रीय अध्यक्ष समेत रहेका छन् ।

जन प्रिय गायक बद्री पंगेनी

लोकप्रिय तथा जन गायक बद्री पंगेनी नेपाली माटोलाई सुहाउने मौलिकताका नेपाली जनताको हक र हितको लागी, नेपाली नारी हरुको लागी र राष्ट्रकै लागी पनी दर्जनौं गितमा आवाज दिएर लाखौं दर्शक श्रोता हरुको मनमस्तिष्कमा बस्नुका साथै सबैको प्रिय जन गायक हुन् लोकप्रिय गायक हुन् । उनै गायक पंगेनीले यही २०७४ सालको तिजलाई पनी लक्षित गर्दै भाउजुको हाई हाई छ नाम गरेको तिजको गित गाएका छन् । सोही गित यतिबेला नेपाली सांगीतिक बजारमा चर्चाको शिखरमा रहेको छ ।
कम्तिमा पनी ३० वटा भन्दा बढी देशमा यस्तै सांगीतिक कार्यक्रममा पुगी सकेका जन गायक बद्री पंगेनीको ऐलेको इजरायलको कार्यक्रम दोस्रोपटक हुने भएको छ ।

लोकप्रिय गायिका भूमिका गिरी

लोकप्रिय चर्चित लोकदोहोरी गायिका भूमिका गिरी पनी स्टेज कार्यक्रममा निक्कै ब्यस्त हुनुको साथै स्टेज तताउने गायिका हुन् । दर्जनौं लोकदोहोरी तथा धेरै नै तिजको गितमा मिठो आवाज दिएर सबैको प्रिय बनेकी छन् । समधुर मिठो आवाजकी धनी गायिका गिरी बिदेशका सांगीतिक कार्यक्रमको लागी धेरै नै देशमा पुगी सकेकी छन् । इजरायलको ऐलेको कार्यक्रम भने उनको पहिलो सांगीतिक कार्यक्रम रहेको छ । यही २०७४ सालको तिजलाई लक्षित गर्दै गायिका भूमिका गिरीले पनी करिब आधा दर्जनको हाराहारीमा भर्खरै तिजका गित हरु गाएर बजारमा ल्याई सकेकी छन् ।

गायिका कालिका रोका मगर

लोकदोहोरी गायिका त्यस्तै गायिका कालिका रोका मगर पनी चर्चित गायिका हुन् । उनको आवाजका गित हरु पनि दर्जनौको हाराहारीमा सुन्न सकिन्छ ।

हाँस्य कलाकार सुजित थापा

हाँस्य कलाकार सुजित थापा पनी हाँस्य कलाकारमा आफ्नो नाम अग्र स्थानमा राख्न सफल भएका कलाकार हुन् । यसै इजरायलमा हुन गइरहेको बृहत सांगीतिक धमाकामा आयोजक संघ संस्था हरुले इजरायलमै रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी हरु लगायत बिभिन्न मिडिया पार्टन पत्रकार बुद्धिजीवी हरुलाई कार्यक्रममा उपस्थित जनाइदिएर कार्यक्रमलाई भब्य रुपमा सफल बनाइदिन आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot