Logo

कार्कीको कथा सङ्ग्रह ‘विज्ञताज् स्टोरिसज्’को बिमोचन



काठमाडौं, २४ साउन । तरेली सम्मान, मसि श्रीजना आमाश्री पुरस्कार प्रदान तथा बालसाहित्यकार विज्ञता कार्कीद्धारा रचित कथा सङ्ग्रह ‘विज्ञताज् स्टोरिज’को विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

तरेली सम्मान सम्मानद्धारा बालचन्द्र श्रेष्ठलाई सम्मान गरिएको छ । त्यस्तै मसी (मधुकर कार्की, शिवहरि विष्ट) सृजना पुरस्कार महेश थापा र आमाश्री (मिश्रीमैयाक विष्ट, ईश्वरी कार्की) सुशीला प्रधानाङ्गलाई प्रदान गरिएको छ ।

साहित्यकार विज्ञता कार्कीको सोह्रौँ जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनिद्धारा रचना गरिएको ‘विज्ञताज् स्टोरिज्’ नामक कथा सङग्रहको लोकार्पण गरिएको छ ।

डा.महेन्द्र विष्टको प्रमुख आतित्थ्यमा सम्पन्न कार्यक्रममा प्रा.डा जीवेन्द्र देव गिरी, सुमन खरेल, माया ठकुरी, सुलोचना मानन्धर, डा.राम प्रसाद ज्ञवाली, डा.निर्मला सुवाल, सुशीला प्रधानाङ्ग, प्रवाह श्रेष्ठ, निशा शर्मा, देवी घिमिरे, विनोद मन्जन लगायतले कथा सङ्ग्रहको सफलतासँगै विज्ञाताको दिर्घायूको कामना गरका थिए।

रत्न राज्यलक्ष्मी क्याम्पसमा राम विनयको अध्यक्षतामा सम्पन्न समारोहमा गायत्री विष्टल स्वागत मन्तव्य राखेकि थिन्। कार्यक्रमको सञ्चालन विज्ञता कार्कीले गरेकी थिन्।

Photo- Binod Manjan 

 



प्रतिक्रिया दिनुहोस्