Logo

काव्यवाटिका–कीर्ति र प्राकृतिक संग्रहालय बन्ने



इटहरी, २७ साउन । इटहरी उपमहानगरपालिका–५ स्थित काव्यवाटिका क्षेत्रलाई कृति र प्रकृतिक रुपलेसजिएको संग्रहालय बनाउन थालिएको प्रयासलाई सरकारले पूर्णता दिने भएको छ । पुरातत्व विभागले अब काम अघि बढाउने विभागका अधिकृत सन्दिप खनालले जानकारी दिनुभयो ।

विभागका अधिकृत खनाल तथा इन्जिनियर सम्नत घिमिरेसहितका टोलीले आज इटहरीमा रहेको सो काव्यवाटिका परिसर अवलोकन गुरुयोजना बमोजिम संरक्षण र संवद्र्धनका कार्य अघि बढाइने उहाँले बताउनुभयो ।

सो विभागबाट पूर्वी नेपालका ऐतिहासिक एवं पुरातात्विक महत्वका स्थान, जातीय संग्रहालय, मठ मन्दिरलगायतको संरक्षण र संवद्र्धन तथा पुनःनिर्माणका लागि यो वर्ष रु पाँच करोड विनियोजन भएकाले त्यहीअनुरुपका कार्यसम्पादन गर्न आफूहरुले ती स्थानको स्थलगत अवलोकन भ्रमण थालेको पनि अधिकृत खनालको जानकारी दिनुभयो ।

यसैगरी धरान–१४ मा निर्माणाधीन बहुजातीय संग्रहालयको थप भौतिक पूर्वाधारका लागि यो वर्ष रु ४५ लाख विनियोजन भएको, पूर्वको सुनसरीस्थित चतराघाट, रामधुनी पोखरी, संखुवासभाको तुम्लिङ्टार, मनकामना मन्दिर, ओखलढुंगाको नर्वदेश्वर महादेव मन्दिर, खोटाङको किरात संग्रहालय, सुनसरी मधुवनका माझी संग्रहालयलगायतका क्षेत्रको संरक्षण र संवद्र्धन गरिने इन्जिनियर इन्जिनियर घिमिरले बताउनुभयो ।

त्यस्तै संखुवासभाको जनजाति संग्रहालय झापाको किच्चकबध र सभापोखरी, पाँचथर जिल्लाको हिलियाङ दरबार, सिद्धिचरण नगरपालिको संग्रहालय मदन भण्डारी संग्रहालयलगायतका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र संवद्र्धनका लागि पहल हुने जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्