Logo

मललाई साहित्य सन्ध्या र राणालाई साहित्य सन्ध्या–मन पुरस्कार



काठमाडौँ, २९ साउन । साढे तीन दशकदेखि वैचारिक एवम् प्रगतिवादी साहित्यका माध्यमबाट नेपाली समाजको समग्र रूपान्तरण गर्ने अभियानमा समर्पित हुँदै विशेषगरी कविता र निबन्धलेखनमा सक्रिय श्यामललाई विसं २०७३ को साहित्य सन्ध्या पुरस्कार दिइने भएको छ ।

त्यसैगरी दिवङ्गत मधुकर तथा कमला राणाकी सुपुत्रीका रूपमा भूमिहीन एवम् विपन्न परिवारमा जन्मिएर सानैदेखि अनुशासित, लगनशील, व्यावहारिक, इमानदार, निष्ठावान् मनोहर मावि सामाखुसी, काठमाडौँ कक्षा १२ की छात्रा सविता राणालाई ‘साहित्य सन्ध्या–मन पुरस्कार दिइने भएको छ ।

ती पुरस्कार आगामी भदौ ३ गते प्रदान गरिने सन्ध्याका रमेश पोखरेलले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्