Logo

मिष्टर एण्ड मिस प्लानेट सौन्दर्य प्रतियोगिता हुने



काठमाडौँ, ३१ साउन । एसएन इनटरटेन्मेण्ट प्रालिले मिष्टर एण्ड मिस प्लानेट नेपाली सिजन–१ सौन्दर्य प्रतियोगिता गर्न लागेको छ ।

प्रतियोगितामा १६ देखि २६ वर्षसम्मका युवाले सहभागिता जनाउन सक्ने छन् । अडिसनमा हरेक भेग र हरेक ठाउँका नेपाली सहभागी हुनसक्ने छन् । अडिसनको फर्म एसएन इनटरटेन्मेण्ट प्रालिको कार्यालय अनामनगरमा राखिएको छ ।

अडिसनपछि उत्कृष्ट १५ युवक र १५ युवती छनोट गरी एक महिनासम्म व्यक्तित्व विकास, सौन्दर्यलगायत तालिम दिइने इभेन्ट म्यानेजर सुमी बानियाँले बताउनुभयो ।

विजयी एक एक युवक र युवतीलाई नगद पुरस्कार, राष्ट्रियस्तरका कलाकार र व्यक्तिबीच सम्मानलगायत उपहार प्रदान गरिने प्रतियोगिता संयोजक राज न्यौपानेले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्