Logo

जोगमाया पुरस्कारबाट संघर्षको‘सडक’पुरस्कृत हुने,कोही खुसि साट्दै,कोही कुरा काट्दै



काठमाडौं, १ भदौ । यस वर्षको ‘जोगमाया चापागाईँ गजल पुरस्कार २०७४’ गजलकार कमल संघर्षलाई प्रदान गरिने भएको छ। गत वर्ष प्रकाशित गजल सङ्ग्रह ‘सडक’का लागि यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ।

गजलको लागि प्रदान गरिने अहिले सम्मकै सर्वाधिक धनरासि भएको उक्त पुरस्कार २५ हजार रहेको छ । स्व.जोगमाया चापागाईँको २२ औं पुण्यतिथीको अवसर पारेर यो पुरस्कार प्रदान गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

गत वर्ष रचना वाचन समुहद्धारा प्रकाशित गजल सङ्ग्रहले प्रकाशित गरेको गजलकार कमल संघर्षको गजल सङ्ग्रह ‘सडक’ले यस वर्षको जोगमाया चापागाईँ गजल पुरस्कार – २०७४ पाउन सफल भएकोमा कतै सडक कालोपत्र भएको खुसि देखिएको छ । कतै कमललाई तलाउमै देख्ने चाहनेहरुले रिस झल्कीने गरि प्रस्तुत भएका छन् ।

नेपाली साहित्यको विकास र विस्तारमा लागेका स्रष्टाहरुको दिगो मिलन नहुनुको अनेक उदाहरण मध्यमा माथि उल्लेख गरिएको प्रसँग एक उदाहरण हो । पुरस्कार र सम्मानमा निश्पक्षता र गुणस्तरियता भएन भने त्यसको अर्थ रहँदैन भन्ने कुरामा प्राय मानिसले नर्कान सक्दैनन् ।

तर व्यक्तिगत कारणलाई लिएर समाजिक सञ्जाललाई रंगाउन खोज्नु भनेको प्रगती देखेर जल्नु सिवाय अरु केही होईन । एउटा सर्जकले अर्का सर्जको अस्तित्व स्वीकार गर्न नसक्नु अर्को कारण हो । रचना वाचन समुहद्धारा प्रकाशित गजल सङ्ग्रह सडकको दोस्रो संस्करण शिखा बुक्सले प्रकाशित गर्दैछ ।

 



प्रतिक्रिया दिनुहोस्