Logo

‘ए मेरो हजुर २’ मा समावेस तेस्रो शिर्ष गीत रिलिज



काठमाडौं, २ भदौ । यहि भदौ १६ गतेलाई रिलिज कन्फर्म गरिएको वर्षको प्रतिक्षित फिल्म ‘ए मेरो हजुर २’को तेस्रो गीत रिलिज भएको छ ।

‘उकालीमा जाँदा जाँदै’ बोलको सार्वजनिक गीतमा बसन्त सापकोटाको शब्द,संगीत र राजेशपायल राई र इन्दिरा जोशीको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बाँनिया, सलोन बस्नेत लगायतका कलाकारहरु फिचरिङ छन् ।

गीतमा फिल्मका कलाकारहरु मस्ती मूडमा देखिएका छन् । यसअघि फिल्मको ट्रेलरसँगै ुकसम होु र ुकिनीदेउ न साइला दाईु बोलको गीत सार्वजनिक भैसकेको छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् ।

बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्। झरना थापा निर्देशित यो फिल्म ‘ए मेरो हजुर’ को सिक्वेल हो । स्व।शिब रेग्मीको निर्देशन रहेको ‘ए मेरो हजुर’मा झरना थापा र स्व।नायक श्रीकृष्ण श्रेष्ठले मुख्य भुमिका थियो ।



प्रतिक्रिया दिनुहोस्