Logo

स्वरुपाको तिज गीत लर्के जोबन माया दिनेलाई बजारमा



काठमाडौं, ३ भदौ । लामो समयदेखि गायन यात्रामा लागेकी स्वरुपा रसाइलीले यो वर्ष ‘झुम्का सुहाउँछ की मलाई’ बोलको तीजको गीत बजारमा ल्याएकी छन् ।

झुम्का सुहाउँछ की मलाइ(लुर्का सुहाउँछ, साडी सुहाउँछ की मलाई (कुर्ता सुहाउँछ की, भनिदेउन संगिनी म त चट्ट परि नाँच्नु खुशीले बाँच्नु छ, सवले भन्छन हाई हाई मिठो बोली सवैलाई लर्के जोवान कसलाई माया दिनेलाई,जस्ता नेपाली मौलिकपन लाई समावेश गरी शव्दहरु रहेको यस तिज गितले समाजको यथार्तलाई बर्णन गरेको छ ।

चर्चित संगीतकार एवं संगीत संयोजक बिबि अनुरागीको संगीत तथा संगीत संयोजन र अब्बल गीतकार विजय कुमार सुनारको उत्कृष्ट शव्द संयोजनमा तयार भएको यस गीतमा स्वर भने गायिक स्वरुपा रसाइलीको रहेको छ ।

ओलप इन्टटमेन्टको प्रस्तुतीमा चर्चित निर्देशक शिव विकको निर्देशन शम्भु चालिसेको छांयाङकनमा रहेको यस गितको सम्पादन भने रविन विकले गरेका हुन म्युजिक भिडियोमा कलाकार उषा विश्वकर्मा र बाल कलाकार शिक्षा रसाइलीको बबाल नृत्य हेर्न सकिन्छ ।

https://www.youtube.com/watch?v=YTIh2W7TsUk

 



प्रतिक्रिया दिनुहोस्