Logo

भावनाको तिज गीत कलाकारको जिन्दगी बजारमा–भिडियो सहित



काठमाडौं, ५ भदौ । नारीहरुको महानचाड हरी तालिको पूर्व सन्ध्यामा दैलेखी चेली भावना आर्चाले ‘कलाकारकार जिन्दगी कति रमाईलो’ बोलको गीत बजारमा आएको छ ।

भावना आचार्यको लय, शब्द तथा स्वर रहेको उक्त गीतमा खेम भण्डारीले स्वरमा साथ दिएका छन् । बब्बु थापाको निर्देशन रहेको उक्र गीतमा सुर्खेती चेली दिपाशा विसीको अभिनय रहेको छ । छायाङकन द्र्गा पौडेलले गरेका छन् भने नविन घर्ती मगरले सम्पादन गरेका छन । यस गीतको बजार ब्यावस्थापन तिर्सना म्यूजिक प्रा.लिले गरेको छ ।

गत वर्ष चरी भररर…बोलको गीत बजारमा ल्याएकी गायिका आर्चायले यस वर्ष कलाकारको जिन्दगीको बारेमा मेल खाने गीत ल्याएकी हुन।
कलाकारले भोग्नु परेका दुःख पीडालाई छायाँमा राखेर रमाईला पक्षहरुलाई उजागर गर्न खोजिएको छ ।

रिपोर्टर्स क्लब नेपालसँगको कुरा कानिमा गायिका भावना आचार्यले भनिन्,‘हुनत तिजको गीत भनेपछि चेलीका बेदना र विरहसँगै भोग्नु परेका यर्थात भोगाईहरुलाई शब्दमा उन्नुपर्ने हो तर मैले यो वर्षको तिज अलि फरक प्रसँगमा जोडिएर हामी कलाकारको जिन्दगीलाई उतार्न खोजेकी छु, यूटुवमा पनि राम्रै हेर्नुभएको छ।’

उनले अघि थपिन,‘बाहिरी समाजको आँखामा कलाकार भनेको गर्वको रुपमा रहेको हुन्छ, मानव जीवनमा रमाईलो अनिवार्य चाहिन्छ, मानव जीवनका कथा कहानीसँग घुलमिल हुँदै पलहरु विताउनु मानव जीवनको अर्को बाध्यता पनि हो।’

कला र गीत संगीतको माध्यायमले कतिको जिन्दगी जोडिन्छ त कतिको जिन्दगी दुई किनारा बन्छ । नेपाली कलाकारहरुलाई समाजले शिक्षा हासिल गरेका छैनन् भन्ने भान परेको छ, कलाकारीताको क्षेत्रमा पढेका मानिस छन्, यस गीतमा पनि पढ्नु पर्दैन, केही नि गर्नु पर्दैन भन्ने खालका शब्दहरु प्रयोग गरेकी छु, मानिसमा कला भएको खण्डमा हर चिज सम्भव हुन्छ, देश तथा बिदेशका कार्यक्रममा भाग लिन पाईरहेकै हुन्छ भन्ने खालका शब्द छन् ।

वास्तवमै कलाकारको जिन्दगी बुझ्नको लागि यो भिडियो हेर्नुस्

 



प्रतिक्रिया दिनुहोस्