Logo

सूर्योदय एजुकेसन फाउन्डेसनद्धारा बाढी पीडितलाई राहत हस्तान्तरण



काठमाडौं १४ भाद्र । गत श्रावण महिनाको आएको बाढीले तराई क्षेत्र आक्रान्त भएको गम्भिर अवस्थालाई दृष्टिगत गर्दै सूर्योदय एजुकेसन फाउन्डेसन अन्तर्गत एस.ए.बी. पब्लिक स्कुलका अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुले बाढी पीडितको सहयोगार्थ रकम तथा लत्ताकपडा सङ्कल गरेका छन् ।

संकलित रकम मध्य ५१००० प्याब्सनका बरिष्ठ उपाध्यक्ष डि.के ढुङगाना तथा आषिश श्रेष्ठलाई प्याब्सनको राहत कोषका लागि एक समारोहका विच हस्तान्तरण गरिएको थियो ।

सोही समारोहमा एब्सोलुट गोर्खा नामक संस्थालाई रु १०००० पनि हस्तान्तरण गरियो । उक्त कार्यक्रममा प्याब्सनका बरिष्ठ उपाध्यक्ष डि के ढुङगानाले प्याब्सनको छाता संङगठनले विभिन्न विद्यालयबाट बाढी पिडितका लागि रकम संङकलन गर्दै आएका कुरा बताउँदै देशमा भएको मानवीय क्षति प्रति दुःख प्रकट गर्दै विद्यालयका सहयोगी हातहरुलाई धन्यबाद दिनुभयो ।

सूर्योदय एजुकेसन फाउन्डेसनका अध्यक्ष तथा प्रिन्सिपल लक्ष्यबहादुर के.सी तथा विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष भोज बहादुर शाहले विद्यार्थी र शिक्षकहरुलाई यस्तो विषम परिस्थितीमा बाढी पिडितहरुलाई सहयोग गर्न एक जुट भई अगाडि बढेर सामाजिक कार्यमा लागेकोमा धन्यबाद दिँदै अरुहरुको पनि लागि प्रेरणाको स्रोत बनेकोमा प्रंशसा व्यक्त गर्नुभयो ।

–सुनिल शर्मा

 

 



प्रतिक्रिया दिनुहोस्