काठमाडौं । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका लागि आचदेखि आचार संहिता लागु भएको छ । निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागु भएको र त्यसको पालना गर्न सम्बन्धित सबेलाई निर्देशन दिएको छ । निर्वाचन आयोगले आचार संहिता उल्लंघन गर्नेलाई कारबाही गर्न सम्बन्धित जिल्लाका प्रमुखलाई निर्देशन दिएको छ । मंसिर १० गतेका लागि तय भएको निर्वाचनका लागि निर्वाचन ऐन २०७३ को दफा २२ अनुसार आचारसंहिता लागु गरेको आयोगले जनाएको छ ।
आयोगले सरकार र सरकारका मन्त्री, स्थानिय तह, स्थानिय तहका कर्मचारी, नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी, निर्वाभनको कामका संलग्न व्यक्ति, सार्वजनिक पदधारणा गरेको व्यक्तिको हकमा आजदेखि आचार संहिता लाथगु भएको जनाएको छ । उम्मेदवारको हकमा भने मनोनयन दर्ता भएको दिनबाट लागु हुने आयोगले जनाएको छ । सरकारले हिजो दुई चरणमा गर्ने निर्णय गरेको छ । पहिलो चरणको मंसिर १० र दोस्रो चरणको निर्वाचन मिति आगामी मंसिर २१ गतेलाई तोकेको छ । निर्वाचन आयोगले आजदेखि मतदाता शिक्षाका लागि पनि टोली खटिने जनाएको छ ।