Logo

दशकपछि विजय र अञ्जु दोहोरी गीतमा भेटिए-भिडियो सहित



काठमाडौं, १६ भदौ । सुर्खेत वीरेन्द्रनगर स्थायि घरभई हाल दक्षिण कोरीया रहँदै आएका सर्जक दिपेनजी हमाल ‘दीपित’को नयाँ लोक दोहोरी गीत बजारमा आएको छ ।

स्वार्थी संसार स्वार्थमै रमाउछन्,
जो सुखि छ उसकै हात समाउछन्।
कसैले साथ दिन खोज्दैन,
मरे खुसि हुनेत धेरै छन्, तर कालले लिन खोज्दैन ।

जलाईएको माया गीति एल्वम्मा समाहित उक्त गीतलाई सार्थक डिजिटलले बजारमा ल्याएको हो । गायिका भिमु गुरुङ र भुपेन्द्र पुलामीको समुधुर अवाजमा तयार पारिएको गीतमा मोडल विजय केसी र अन्जु निरौलाको अब्बल अभिनय रहेको छ ।

विछोड र वेदनाका शब्दहरु समेटेर तयार पारिएको गीतको लय विवस दर्लामीले निमार्ण गरेका हुन । निमार्ण पक्षका अनुसार अतिनै अपेक्षाकृत गीतको भिडियोमा एक दशक पछि मोडल विजय केसी र अन्जु निरौलाले सँगै अभिनय गर्ने अवसमा जुरेको हो ।

१० वर्ष पहिलेसँगै काम गरेको बताउने मोडल विजय केसी यस गीतमा अन्जु निरौलालाई भेटाउदा खुसि लागेको बताउछन् । त्यस्तै चटपटे गीतमा आवाजभर्ने गायिका भिमु गुरुङले प्राय सिरियस गीतमा आवाज भरेको पाईदैन । गायिका भिमु गुरुङको लागि पनि परिक्षाको गीत हुन सक्छ ।

जुनसुकै गीत गाउन सक्ने क्षमता राख्ने र लाईभ दोहोरीका सशक्त यूवा गायक भुपेन्द्र पुलामी यस गीतले आफुलाई चिनाउन सहयोग गर्ने अपेक्षा रहेको बताउछन् ।

सर्जक दिपेनजी हमाल ‘दीपित’का दर्जन बढि लोक तथा दोहोरी गीत बजारमा आईसकेका छन् । उनि पनि यस गीतबाट राम्रो अपेक्षा रहेको बताउछन् ।

‘सुर्खेत राम्रो बुलबुले तालले’ बोलको गीतबाट आधिकारीक रुपमा गीत तथा लय सिर्जनामा लागेका ‘दीपित’ले लोक तथा दोहोरी गीतका अलवा तिज गीत, दशैं र तिहारका गीत समेत सिर्जना गरेका छन् ।  प्रविण थापाको निर्देशनमा तयार पारिएको उक्त गीतको छायांकन तथा सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका हुन ।



प्रतिक्रिया दिनुहोस्