Logo

अमर कला केन्द्र कालिमाटिद्धारा नृत्य निर्देशक सम्मानित



काठमाडौं, १७ भदौ । अमर कलाकेन्द ‘कालिकमाटी’ले नृत्य तथा निर्देशकलाई सम्मान गरेको छ । गत भदौ १ गते काठमाडौ प्याब्सनले आयोजित गरेको अन्तर विद्यालय स्तरिय तिज गीत नृत्य प्रतियोगीतामा उत्कृष्ट हुन सफल बनाउने नृत्य तथा निर्देशकहलाई सम्मान गरिएको अमर कला केन्द्रले जानकारी दिएको छ ।

अमर कलाकेन्द्रले नृत्य क्षेत्रमा निरन्तर योगदान दिदै आएको छ । यसै क्रममा निर्देशक अनिश लामाले नृत्य प्रक्षिक्षण दिएका विद्यार्थीहरुले उक्त प्रतियोगीतामा प्रथम हुन सफल भएको भन्दै निर्देशक लामालाई नगद सहित सम्मान गरेको छ ।

काठमाडौं प्याब्सनको आयोजनामा भएको उक्त तीज गीत विशेष नृत्य प्रतियोगिताको उपाधि शंखमूलको अवारनेस इन्टरनेसनल एकेडेमी (एआईए) ले जितेको थियो ।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एकदिने प्रतियोगितामा उपत्यकाका ४४ विद्यालयलाई पछिपार्दै एआईएले ‘बाबाले सारेको सुन्तला बिरुवा’गीतमा नृत्य गरेर उपाधि जितेको हो ।

एआईएले उपाधिसँगै १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका थियो । गीतको नृत्य निर्देशन सम्मानि भएका अनिश लामाले गरेका थिए।प्रतियोगितामा हिम रश्मि मा.वि दोस्रो स्थान हासिल गर्दै १० हजार रुपैयाँ र ट्रफी, ब्राइट एन्जल्स स्कुलले तेस्रो हुँदै ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्न सफल भएको थियो ।

त्यस्तै दोस्रो र तेस्रो हुने प्रतियोगी नृत्यको क्रोरियोग्राफ भने कृष्ण राना मगरले गरेका थिए । अमर कलकेन्द्रका अध्यक्ष समेत रहेका कृष्ण राना मगर यस नृत्य क्षेत्रका पाका कलाकारको रुपिमा परिचित छन्।

निर्देशक संघका अध्यक्ष भुवन श्रेष्ठ मुख्य निर्णायक रहेको रोहिया महर्जन र शारदा सोनी शर्माको निर्णायक मण्डलले उत्कृष्ट विद्यालय छनोट गरेको हो ।

विजेतालाई महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, काठमाडौं प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्रतियोगिता संयोजक लोकेन्द्रबहादुर खड्का लगायतले पुरस्कार प्रदान गरेका थिए।

कक्षा १०सम्म अध्ययनरत छात्राहरू मात्र सहभागी प्रतियोगितामा हरेक विद्यालयले १२ देखि १६ जनासम्म विद्यार्थी सहभागी गराएको थियो ।

प्रतियोगीतमा

पाँचौ स्थान – न्युभिजन एकेडेमी
सातौँ स्थान – रेडिएन पब्लीक
आठौँ स्थान – लिटिल स्टार स्कुल
दशैँ स्थान – प्राईम एकेडेमीले  स्थान हासिल गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्