Logo

विद्यार्थी आन्दोलनलाई थप उचाइमा पु¥याइने : नवनिर्वाचित अध्यक्ष तामाङ



काठमाडौँ, १७ भदौ । नेकपा (माअ‍ोवादी केन्द्र) निकट अनेरास्ववियु ( क्रान्तिकारी)का नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले विद्यार्थी आन्दोलनलाई थप उचाइमा पु¥याइने बताउनुभएको छ ।

मतपरिणाम घोषणा गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विद्यार्थी आन्दोलन परम्परागत शैलीबाट अघि बढ्न नसक्ने भन्दै गरिव, निमुखा र उत्पडित विद्यार्थीको पक्षमा आफू उभिने बताउनुभयो ।

उहाँले सवैको सहयोगबाट संगठनलाई चुस्तदुरुस्त राख्ने भन्दै शिक्षामा देखिएको विकृति, विसङ्गति अन्त्य गर्ने आफ्नो पहिलो दायित्व हुने बताउनुभयो । शैक्षिक क्षेत्रमा देखिएका निजीकरण, व्यापारीकरण र माफियाकरणविरुद्ध लाग्ने उहाँले बताउनुभयो ।

आज सम्पन्न मतगणनामा तामाङले आफ्ना प्रतिद्वन्द्वी अनिल शर्मालाई २३ मतले हराउँदै पहिलो पटक निर्वाचन प्रक्रियाबाट अध्यक्ष चुनिनुभएको हो । तामाङले ८४५ र शर्माले ८२२ मत प्राप्त गर्नुभएको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले संगठनमा पहिलो पटक निर्वाचन गराएर लोकतान्त्रिक विधि तथा प्रक्रिया अपनाइएको बताउनुभयो ।उहाँले नयाँ निर्वाचित कमिटीलाई विद्यार्थी आन्दोलन थप नयाँ ढंगले अघि बढाउन आग्रह पनि गर्नुभयो ।कार्यक्रममा निर्वाचन समितिका संयोजक रमेश मल्लले विजयी उम्मेदवारको नाम घोषणा गर्नुभएको थियो ।

यही भदौ ७ गतेदेखि भएको २१ औँ राष्ट्रिय सम्मेलनले २४३ जनाको नयाँ नेतृत्व चयन गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्