Logo

भागिरथ र शान्तिको दशै गीत बजारमा



काठमाडौं, १८ भदौ । मुस्लिम समुदायको महानपर्व रमजान ईदको यो हर्षित र खुसियाली समय लगत्तै नेपालीहरुको महानचाँड विजया दशैँको बेला सुरुहुन्छ ।

मस्लिम समुदायको महानपर्व बक्रईद मनाइएसँगै दशैको माहोलले छोएको अनुभुत गर्न सकिन्छ । राजधानीबाट घर फर्किने र विदेशमा रहेका नेपालीहरु यो सालको दशैको लागि घर फर्किदैछन् । फर्किने क्रम जारी छ।

नयाँबसपार्कमा चहल पहल सुरु भएको छ । वर्षभरी दुःख गरेर एक जोर नयाा कपडा फेरेर खुसि साट्ने सपना नेपाली समुदायको वास्तविकता हो भन्दा फरक नपर्ला ।

वर्षौसम्म भेट नभएका आफन्तसँग मिलन हुने र रमाईलो गरेर हासि खुसि दशै मनाउने चलन छ । आफ्न्तको सामिप्यमा रहेकर सँगै टिका र जमरा लगाउन नपाएर निधार रित्तै भएको जस्तो पिडा र वेदनाले विक्षिप्त बनेको मनलाई खुसिमा परिणत गर्ने बाटो ताकिरेहका प्रदेशीहरु जेनतेन गरेर गन्तव्यमा हिड्दैछन् ।

कोही भने यस पालिको दशैमा घर आउन पाईन भन्दै दुख वेदना पोख्दै छन् । घर परिवारसँग अर्को सालसँगै बसेर दशै मनाउने प्रण गर्दैछन् ।
उता घरमा बुढि बाआमा, छोरा, छोरी, श्रीमती र श्रीमानहरु खाँदबारीमा बसेर प्रदेशीको बाटो कुरेर बसेका छन् । यो वर्षको दशैलाई इंगित गरेर चर्चित गायक भागिरथ चलाउने र शान्ति सुनारको स्वरमा दशैंको गीत बजारमा आएको छ।

‘दशैं आएर’ बोलको उक्त गीत बाबुराम बोहोराले लेखका हुने भने लय गायक भागिरथ चलाउने निमार्ण गरेका हुन। बाबुराम बोहरा र रञ्जिता गुरुङको अभियन रहेको उक्त गीतको भिडियो निर्देशनमा पनि बाबुराम बोहरा उभिएका छन् । दुर्गा पौडेलले छायांकन गरेको उक्त गीत विष्ण शर्माले सम्पादन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्