Logo

रेखा निर्मित ‘रुद्रप्रिया’को ट्रेलर सोमबार सार्वजनिक हुने



काठमाडौं, २३ भदौ । यो वर्षको बहुप्रतिक्षित नेपाली चलचित्र ‘रुद्रप्रिया’को ट्रेलर आउदो सोमबार सार्वजनिक गरिने भएको छ। रिपोर्टर्स नेपालसँगको कुराकानिमा नायिका रेखा थापाले चलचित्रका सम्पूर्ण काम सकिएको र ट्रेलर आगामी सोमबार सार्वजनिक गरिने जानकारी दिएकी छन् ।

समाचार तयार पार्दाको समयमा सुटिङ्ग स्थलमा बताउने नेपाली कलाक्षेत्रकी बहुचर्चित नायिका थापालाई मैले पाँच प्रश्न सोधेको थिए । नायिका थापाले दिएको प्रश्नको संक्षिप्त उत्तर यस प्रकार छ ।

१ रुद्रप्रियाको काम सकियो ?

सकियो । आउँदो सोमबार ट्रेलर सार्वजनिक गर्ने तयारीमा छु ।

२ तपाईको उमेर २० वर्षको हुन्थ्यो भने कुन लक्ष्यलाई पछ्याउनु हुन्थ्यो ?

यहि कला क्षेत्र । अरु त के गर्नु खै ।

३ सबै भन्दाबढि कसलाई सम्झिनु हुन्छ ?

अरुलाई त सम्झिन फुर्सद छैन् नि । कामलाई मात्रै सम्झिन्छु । अहिले पनि काममै छु । सुटिङ स्थलमै उभिएर तपाईको गन्गन सुन्दैछु।

४ यो गन्गन भन्या चाँहि के नि ?

के हो ? यो अन्तरर्वाता केको लागि ? समाचार लेख्नको लागि त यो सब हुँदैछ ?

५ पत्रकारको काम के हो जस्तो लाग्छ नि ?

गलत कुराको बिरुद्धमा निडर भएर लेख्ने, आवाज बिहिनका आवाजहरु बुलन्द गर्ने, सत्य, तथ्य र निश्पक्ष तवरबाट पत्रकारीताको धर्म मर्मलाई आत्मसात गर्ने त होला नि । फोनमा बोलेकै भरमा समाचार बनाउने काम चाँहि होईन है । हिहिहि…

प्रस्तुति–धनराज वास्तविक

 



प्रतिक्रिया दिनुहोस्