Logo

कार्तिक १८ देखि २५ गतेसम्म कृषि हातेमालो प्रदर्शनी महोत्सव हुने



काठमाडौं, २४ भदौ । कला, संस्कृति, प्रवद्र्धन तथा संरक्षण मञ्चले आउने कार्तिक १८ गतेदेखि २० गतेसम्म कृषि हातेमालो प्रदर्शनी तथा साँस्कृतिक महोत्सव २०७४ को आयोजना गर्ने भएको छ।

रिपोर्टर्स क्लब नेपालमा मञ्चले पत्रकार सम्मेलन गरेर आगामी कार्तिक १८ देखि २५ गतेसम्म राजधानीको भृकुटिमण्डपमा सम्पन्न गरिने महोत्सवको बारेमा जानकारी दिएको हो ।

संस्थाका अध्यक्ष वीरबहादुर बुढाले नेपाली संस्कार, संस्कृति र कृषि प्रवद्र्धनको लागि महोत्सवको आयोजना गरिन लागिएको जानकारी दिए। मञ्चद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘कृषि नै देशको आर्थिक समृछि र उन्नतिको आधार हो भन्ने मुल नारा बोकेर मञ्चले स्थानीय स्तरमा उत्पादित कृषि वस्तुलाई बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ पर्यटन विकास, उद्योग व्यापारमा समेत मद्दत पुर्याउने लक्ष्य लिएर कृषि हातेमालो प्रर्दशनी तथा साँस्कृतिक महोत्सव गरिनेछ।’

उनले भने,‘पहिलोपटक राजधानीबाट यस महोत्सवको आयोजना गरिएको छ, विस्तारै हामीले ७५ जिल्लामा कृषि प्रवद्र्धन र कला संक्षरणको उद्देश्यकासाथ महोत्सवको आयोजना गर्नेछौँ।’

अध्यक्ष बुढाले भने,‘हाम्रो यस कार्यक्रमको बारेमा समाचार सम्प्रेषण गरेर सञ्चार माध्यायमले सहयोग गर्नुहुनेछ, अन्य सबै निकायलाई साथ र सहयोगका निम्ति आग्रह गछौँ।’

संस्थाले विगतका दिनमा धेरै कामहरु गरेको बताउँदै अध्यक्ष बुढाले भने,‘विगतमा पनि यस्ता कामहरु हामीले गर्दै आएका छौ, यस कार्यमा साँस्कृति संघसंस्था, राजनीतिक दल, संचारकर्मील गैर सरकारी संस्थाहरु, उद्योग तथा कलकारखानाका कर्मचारी हरुले साथ दिनुभएको छ, आगामी दिनमा पनि यसरी नै साथ दिनुहुनेछ।’



प्रतिक्रिया दिनुहोस्