Logo

अन्जु पन्तको सांगीतिक यात्राका २० वर्षपछि एकल साँझ सम्पन्न



काठमाडौं, २५ भदौ । गायिका अन्जु पन्त शनिबार बेलुकी काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा गुञ्जिएकी छिन् । अन्जुको आवाजमा गीत सुन्नका लागि प्रज्ञा भवनमा दर्शकको उपस्थिती उल्लेख्य थियो ।

गायिका पन्तकै नाममा खोलिएको ‘फाउन्डेशन र म्यूजिक रेकर्डिस्ट एसोसिएसन’को संयुक्त आयोजनामा भएको एक साँझमा अन्जुले आफ्ना चर्चित डेढ दर्जन गीत गाएकी थिइन् ।

बग्गीमा चढेर आएकी अन्जुले कार्यक्रममा २१ जना बाद्यबादकहरुको साथमा गीत गाएकी थिइन् । पहिलो पटक ‘एकल साँझ’मा प्रस्तुत भएकी अन्जुले ‘कसले चोर्‍यो मेरो मन, तिमी विना एक पल, पल पल रोएँ जिन्दगीमा, तिम्ले पराइ ठानेपछि, योगी बनाउन, यस्तो पनि हुँदो रैछ, सागर सरी चोखो माया, कहाँ भेटिएला, मेरा आशक्तिका भावना, नविर्से तिमीलाइ नपाएँ तिमीलाइ, तिमी कस्को हुने होला, तिर्खा लाग्यो पानी खाएँ, गोर्खा पल्टन, सुर्के थैली’ लगाएका गीत गाएकी थिइन् ।

अन्जुको सर्वाधिक चर्चित गीत ‘नविर्से तिमीलाइ न पाएँ तिमीलाइ’मा दर्शकको सर्वाधिक डिमाण्ड आएको थियो । यो कार्यक्रमबाट आएको सम्पूर्ण मुनाफा समाज सेवामा लगाउने आयोजकले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्