Logo

ठाडोभाका शिरोमणि भेडीखर्के साइँलाको अन्त्यष्टी, गायिका बिमा दुरा रुदा शुभेच्छुक स्तभ्ध



काठमाडौं, २७ भदौ । ठाडोभाका शिरोमणि भेडीखर्के साइँला अर्थात् दीर्घराज अधिकारीको हिन्दु परम्परा अनुसार मंगलबार अन्त्येष्टी गरिएको छ ।

लमजुङको पाउँदी दोभानस्थित मस्र्याङ्दी नदी किनारमा रहेको आर्यघाटमा अधिकारीको अन्त्येष्टी गरिएको हो । गायक अधिकारीका छोरा गंगाप्रसाद अधिकारीले पार्थिव शरीरमा दागबत्ती दिई अन्त्येष्टी गरेका हुन ।

साइँलाको ८४ वर्षको उमेरमा लमजुङको सुन्दरबजार नगरपालिका ६, स्थित सुन्दरबजारमा सोमबार बेलुका साँढे ५ बजे निधन भएको हो । लामो समयदेखि दम रोगबाट ग्रसित थिए । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङका संरक्षकसमेत रहेका भेडीखर्के साइँला जेठी छोरी लीला र ज्वाई शम्शेर लौडारीका साथमा सुन्दरबजारमा बस्दै आएका थिए ।

मंगलबार बिहान ७ बजेदेखि साँढे एघार बजेसम्म भेँडीखर्के साइँलाको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि सुन्दरबजारको मिलन चोक स्थित प्रतिक्षालयमा राखिएको थियो । त्यसलगत्तै शव यात्रा निकालिएको थियो । शव यात्रा सुन्दरबजारको मिलनचोकबाट सुरु भई नमूना टोल, क्याम्पस चोक, आवास क्षेत्र, सिउँडीबार, फूलबारी हुँदै पाउँदी स्थित आर्यघाटमा लगिएको थियो ।

साइँलाई श्रद्धाञ्जली दिन काठमाडौंबाट लमजुङ पुगेकी वरिष्ठ लोक गायिका बिमाकुमारी दुरा डाँको छोडेर रुँदा सबैलाई स्तब्ध बनाएको थियो । विसं १९९० भदौ २९ गते बुबा बलभद्र अधिकारी र आमा नन्दकुमारी अधिकारीको कोखबाट साबिक सिन्दूरे गाविस–६ दुराडाँडा लमजुङमा जन्मिएका हुन । स्व.अधिकारीका श्रीमती, एक छोरा, तीन छोरी र चार नाती चार नातिनी र एक नातिनी बुहारी छन् ।



प्रतिक्रिया दिनुहोस्