Logo

चलचित्र ‘लिलिविली’ घोषणा, नयाँ नायिकाले प्रदीपलाई साथदिने



काठमाडौं, २८ भदौ । लामो समयको चर्चापछि अन्ततः फिल्म ‘लिलिविली’को औपचारिक निर्माण घोषणा गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको निर्माण घोषणा गरियो ।

निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यो चलचिमा ‘प्रेमगीत २’ का नायक प्रदीप खड्का मुख्य भूमिकामा रहनेछन् । चलचित्रमा प्रदीपलाई दुई नयाँ नायिकासँग रोमान्स गर्नेछन् ।

प्रदीपको अपोजिटमा नायिकाद्धय जसिता गुरुङ र रेविका गुरुङ रहेका छन् । यी दुई नायिकाले ‘लिलिविली’बाट चलचित्रमा डब्यु गर्न लागेका हुन् । नायक अनुप विक्रम शाही पनि मुख्य भूमिकामा छन् ।

गोविन्द शाही, सुदीप खड्का र मिलन चाम्सको संयूक्त लगानीमा निर्माण हुने यो फिल्मको छायाँकन तिहारपछि सुरु हुनेछ । चार बडिगार्ड सहित चलचित्रको औपचारिक निर्माण घोषणा कार्यक्रममा प्रवेश गरेका प्रदीपले ‘लिलिविली’ टिमसँग जोडिन पाउँदा निकै खुशी महशुस गरेको बताए ।

उनले भने, ‘मलाई सधै एउटै प्रश्न आउने गर्थ्यो आशुषेन फिल्मस्को ब्यानरभन्दा बाहिरी ब्यानरको फिल्ममा काम गर्नुहुन्न, अब लिलिविलीले यो प्रश्नको पनि उत्तर दिएको छ, कथावस्तु, आफ्नो भूमिका र पूरा टिम मनपरेका कारण मैँले लिलिविली साइन गरेको हुँ ।’

कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यस अघि यो चलचित्र नायक अनमोल केसीलाई अफर गरिएको खबर बाहिर आएको थियो ।

यस विषयमा निर्देशक चाम्स भन्छन्, हामीले अनमोल केसी र भुवन केसीसँग कुराकानी गरेका थियौ तर कुराकानी गर्ने वितिक्कै अनमोलसागै काम गर्नैपर्छ भन्ने नहुने बताए ।

निर्देशक चाम्सले यस अघि फिल्ममा नायिका शिल्पा मास्के मुख्य भूमिकामा अनुवन्धित भएपनि आपसी सहमतीमा उनले चलचित्रबाट हात झिकेको बताए ।



प्रतिक्रिया दिनुहोस्