Logo

‘दशैँ राम्रो लाहुरे घर आउनाले’ दशैैँगीत सार्वजनिक



काठमाडौँ, ३० भदौ । नेपालीको महान् पर्व दशैैँ सम्बन्धी ‘दशैँ राम्रो लाहुरे घर आउनाले’ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।

गीतमा गायक माधव थापा, गायिकाहरु चिनु घर्ती र तारा थापाले स्वर दिनुभएको छ । गीतलाई सुनाखरी मल्टि मिडिया प्रालिले बजारमा ल्याएको हो । गीतमा लय र शब्द थापाकै रहेको छ ।

गीतको भिडियोमा रीना थापा, दीपक बस्नेत, विदुर चापागाईं र नमराज ढुंगानाको अभिनय रहेको छ । त्यसैगरी, दशैँसम्बन्धी ‘छोरा’ नामक अर्को लोक तथा दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कर्ण रसाइलीको स्वरमा रहेको उक्त गीतमा गायक विरही कार्कीको शब्द र लय रहेको छ । गीतको म्युजिक भिडियोमा मोहन निरौला, विद्या कार्की, लिला गिरी, मोहनसिंह जिपी, विशाल कार्कीलगायतको अभिनय रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्