Logo

सुरेन्द्र–तारा पुरस्कार स्थापना



काठमाडौँ, ३१ भदौ । काठमाडौँ रिसर्च सेन्टरले ‘सुरेन्द्र तारा डिष्टिन्गुइड’ पुरस्कारको स्थापना गरेको छ । एनके सिंह मेमोरियल प्रिपरेटरी स्कुल इपिइसबाट एसइइमा सर्वोकृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कार प्रदान गरिनेछ ।

सो पुरस्कारको नियमित व्यवस्थापनको लागि पुरस्कार वितरण समिति गठन गरेको छ भने रु एक लाख ५१ हजारको अक्षयकोषको स्थापना गरी बैंकमा जम्मा गरेको छ ।

विद्यालयको ५० औं वार्षिकोत्सवका आवसरमा पहिलोपटक २०७३ सालमा सर्वोकृष्ट नतिजा हासिल गर्ने स्वेता प्रधानलाई उक्त ‘सुरेन्द्र–तारा डिष्टिन्गुइड’ पुरस्कार प्रदान गरियो । पुरस्कारको राशि पदक, प्रमाणपत्र तथा नगद रु १० हजार प्रदान रहेको छ ।

समारोहमा काठमाडौँ रिसर्च सेन्टरका अध्यक्ष तथा गाउँ पर्यटनका प्रणेता अर्थविद् डा सुरेन्द्रभक्त प्रधानाङ्गले गाउँ पर्यटनतर्फ नेपाली जनता उन्मुख हुन सकेमा गाउँगाउँमा पर्यटनको गतिविधि विस्तार हुने बताउँदै सो व्यवसायमा उत्साह र प्रेरणा जागृत गर्न सुरेन्द्र–तारा पुरस्कार स्थापना गरिएको उल्लेख गर्नुभयो ।

इपिएसका प्रधानाध्यापक प्रमिला सिंहले सुरेन्द्र–तारा डिष्टिन्गुइड’ पुरस्कारले विद्यालयको गरिमा वृद्धि भएको र विद्यार्थीमा हौसला बढेको बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्